छोरो गुमाएकी आमाको पीडा देखेर एम्बुलेन्स अभियान सुरु गरेका हौँ
मेहन घिमिरे, अध्यक्ष निस्ती–बडिगाढ सामुदायिक बिकास केन्द्र गुल्मी ।।
३ संसारले प्रबिधी र विकासमा हामिलाई निकै पछि पारेको छ । जटिल पहाडी भुभाग भएकै कारण हाम्रोमा हरेक दिन भिरबाट लडेर मानिसहरुले आफ्नो जीवन गुमाउछन। घाँस दाउरा गर्न बन जङ्गल जानेहरु सवै शकुसल फर्केको मैले देखेन। कोहि लडेर अपाङ्ग बनेका छन त कोहि आफ्नो अन्तिम श्वास नै उतै फेर्न विवश छन ।
गाउँघरमा बाटो पनि ठिक छैन। मौसमी रुपले भए पनि अहिले बर्षको नौ महिना कच्ची बाटोमा धुलो उडाउदै गाडी गुड्छन। तर यसरी गुड्ने गाडिहरु निकै महङ्गा छन। भनेको समयमा उपलब्ध हुन सक्दैनन। तम्घासमा भएका गाडिलाई फोन गरेर बोलाउनु पर्छ। गम्भीर खालका घाईतेहरु लामो समय अस्पत्ताल जान पाउदैनन र परिवारजनहरु महङ्गो शुल्क तिर्न बिबश छन।
२५ बर्ष कै उमेरमा छोरो गुमाएर बसेकी नेटाकी ईन्द्रकला ख्रेरेलको आँसु अझै रोकिएका छैनन। उनी भन्छिन( छोरो भिरबाट लडेछ! टाउकोमा चोट लागेको कारण समयमा अस्पत्ताल लानु पर्ने थियो तर उसलाई अस्पत्ताल लाने साधन समयमा पाएईन र उ गयो। केही बर्ष पहिले पुस(१५ को पिकनिकबाट घर फर्कने क्रममा उनको छोरा मनोजको ज्यान लडेर ज्यान गएको थियो।
यो त एक सानो उदाहरण मात्र हो। गुल्मीको पौदी अमराई, नेटा,दर्लिङ्ग र ह्वान्दी तथा छिमेकि जिल्ला बगलुङ्गको ग्वालिचौरमा यस्ता घटना हरेक दिन घट्छन। यो क्षेत्रमा कैयौ सुत्केरी हुने महिला बच्चा जन्माउन अस्पत्ताल पुग्दैनन। घरमा नै सुत्केरी बनाउन खोज्दा समस्या सृजना हुन्छ। अस्पत्ताल लान खोज्यो, भनेको बेला गाडी हुदैन। अत्याधिक रक्त श्रावको कारण भर्खर जन्मेको नवजात शिसुको मुहार हेर्न नपाउदै कैयौ आमाहरु परलोक भएका छन।
छोरो गुमाएकी आमा र आमा गुमाएका बच्चाहरुको आखामा बगेको आँसु देख्न नसकेर एम्बुलेन्स अभियान सुरु गरिएको हो। समाज र राजनीति फरक कुरा होलान तर विपतमा परेका मानिसहरुको सेवा गर्ने लक्ष्यले सुरु गरिएको एम्बुलेन्स अभियान मानविय कार्य हो। मानव सेवा नै सबै भन्दा ठूलो धर्म हो।
जनताको स्वास्थ्य सङ्ग राज्य बेखवर छ। वस र जहाज दुर्घटनाको ठूलो चर्चा हुन्छ तर कति नेपाली दाजुभाई दिदी बहिनिहरु भिरबाट लडेर मोर्छन, कति महिलाहरु प्रसव पिडाले छट्पटिन्छन! राज्य सङ्ग यसको लगत पनि छैन। हामिहरुलाई यो अवस्थाले दुखित बनायो। कम्तिमा पनि गाउमा एम्बुलेन्स भए बिरामिहरु समयमा अस्पत्ताल पुग्न सक्थे भन्ने सोचेर यो अभियान सुरु गरिएको हो, अब हामिहरु यो पूरा नगरी विश्राम लिन्नौ।
एम्बुलेन्स सेवा सन्चालन गर्ने, जनताहरुलाई स्वास्थ्यमुलक कार्यक्रम सन्चालन गर्ने लक्ष्यका साथ निस्ती बडिगाढ सामुदायिक विकास केन्द्र गुल्मीको गठन गरिएको हो। यो सस्था नेपाल सरकारको सस्था दर्ता एन अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता गरे पश्चात् मात्र हामिले एम्बुलेन्स अभियान सुरु गरेका हौ।
अभियान सुरु गरेको २ हप्ता सम्म विभिन्न देसहरुमा गरि करिव २ लाख संकलन भएको छ। एम्बुलेन्स अभियानको लागि गठन गरिएको टिम आफ्नो कार्य सम्पादन गर्न प्रतिबद्ध छ। कतारमा बुद्ध पान्डेय, युएईमा चिरन केसि, कोरियामा किशोर पौडेल र राजन केसि (डम्मर) , जापानमा टीका गिरि र राजन केसि, मलेसियामा देवेन्द्र थापा, रसियामा रेसम कुवर र अष्ट्रेलियामा प्रकास अर्यालको नेतृत्वमा सहयोग संकलन थालिएको छ। यसै गरि असिम थापाको नेतृत्वमा बुटवल आसपासको क्षेत्रमा सहयोग संकलन गर्ने कार्य जारी छ।
यो पवित्र मानव सेवामा जुट्नु हुने सवै प्रती हामी आभारी छौ। पश्चिमको कन्चन्पुर देखि पुर्वको झापा र सुनसरी सम्मका साथिहरुले यो अभियानलाई साथ दिनु भएको छ। उहाहरुको सहयोगको लागि हामी आभारी छौ। देस विदेसमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई यो अभियानमा सक्दो सहयोग गर्न हामी विनम्र अनुरोध गर्दछौ।

No comments: