आज मेरो जन्म दिन ।
कति बेला लाग्छ, समयले बिस्तारै यो पृथ्वीमा मलाई नराख्नको लागी प्रयत्न गर्दे छ, मेरो अर्थ बुढो बढाउँदै छ, हिजो आज भोली एक दिन, हप्ता, महिला, बर्ष दशक गर्दै, यो संसारमा बाच्ने दिनहरु कम हुँदै छन ।
तर, अनि कतिबेला लाग्छ, म यो संसारमा टेक्दा जुन अवस्थामा थिए एकदम कमजोर अवस्थामा, त्यसपछि बिस्तारै परिपक्क र बलियो हुँदै गइरहेको छु । तिनै बलियो हुँदै सिढीँहरु चढ्दै गर्दा आज एक खुटकिलो पार गरी अझै परिपक्क भएको महशुस भएको छ । तर आज खुशीको दिनमा नै अलिक अस्वस्थताको कारण अलिक गाह्रो भएको महशुस भएता पनि खुशीको अनुभव भइरहेको छ ।

लाग्छ, मैले जिन्दगीको बाटो लेखीरहेको छु एक खाली पेपरमा । तर ति पेपरमा प्रयोग भएका शब्दहरु एकदम अपरिपक्क अनि कमजोर छन । ति शब्दहरु ऋब फेरी एडिट गरेर लेख्न मिल्दैन, किनकी ति शब्दहरु अब परिबर्तन तथा सुधार हुन सक्र्तनन । बिस्तारै सुधार्दैै जानु नै लेखाइको बिशेषता हो । त्यही लेखाईलाई अगाडी बढाउँदा आज एउटा पेज पुरा भएको छ र अर्काे पेजमा लेखाई शुरु हुन लागेको छु । ताकी आज एउटा सिढीँ पार गरेर नयाँ सिढीमा प्रबेश गरेको छु ।
यो मेरो लागी एउटा उज्यालो दिन हो । यो सुनौलो अपरचुनेटीमा मेरा बाबुआमा जस्ले मलाई यो जीवन दिनुभो, अनि अन्य शुभ तथा अशुभ चिन्तकहरु, अनि सम्पुर्ण म सँग जोडिनुहुने दाजुभाई, दिदी बहिनीहरु, साथी सगीँहरु सम्पुर्णलाई हृदय देखी नै आभार ब्यक्त गर्न चाहान्छु । किनकी उहाँहरुको साथ सहयोग नै ठुलो रह्यो जीवनका यी सिँढीहरु चढ्नको लागी । साथै सम्पुर्ण हरुमा आभार ब्यक्त गर्न चाहान्छु, जस्ले गर्नुभयो, गर्दै हुनुहुन्छ अनि गर्नु हुनेछ मेरो जन्म दिनको विश ।
Today is my birthday...............

The day to thank all wishers and doers for me.The day to be self delighted for getting life still here.
Actually this is a honey coloured day for me.Thank you all who wish my birthday.
No comments: