"2513058968709111" /> रुद्रावती क्याम्पस वामीमा स्ववियु निर्वाचन अन्यौलमा, अहिले सम्म मतदाता पनि टुङ्गो लागेन ! - अनिश शर्मा गैरे
Breaking News
recent

रुद्रावती क्याम्पस वामीमा स्ववियु निर्वाचन अन्यौलमा, अहिले सम्म मतदाता पनि टुङ्गो लागेन !

अनिश शर्मा गैरे, वामी गुल्मी, फाल्गुण १६ गते 
रुद्रावती बहुमुखी क्याम्पस वामीमा मँगलबार बाट लागेको ताला अझै खुल्न नसक्दा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नै अन्यौल तथा अनिश्चित बनेको छ । क्याम्पसमा फर्जी बिद्यार्थी भर्ना गरेको भन्दै एमाले निकट अनेरास्वबियुका बिद्यार्थीहरुले आज भन्दा ७ दिन अगाडी ताला ठोकेका थिए ।
बिभिन्न चरणमा भएका बार्ताहरु पनि निष्कर्ष बिहिन बन्न पुग्दा निर्वाचन लगायत क्याम्पसका हरेक गतिविधि ठप्प बनेका छन । 
क्याम्पसमा बनाइएका निर्वाचन समितिका अधिकृत हेमन्त घिमिरेले क्याम्पसमा तालाबन्दी खुल्न नसक्दा मतदाता नामावली प्रकाशन देखी हरेक कामहरु ठप्प भएको कारण निर्धारित मिति फाल्गुण १८ मा निर्वाचन नहुने बताउनुभयो । उहाँले बिद्यार्थी संगठनहरुलाइ सहमतीमा गएर क्याम्पसमा गतिरोध बन्द गर्न आग्रह गर्नुभएको छ । 
क्याम्पसमा बिद्यार्थी संगठनहरु बिच भएको एक बैठकले यही फाल्गुण ६ गते प्रथम बर्षको तथा फाल्गुण १० गते सम्म अन्य तहका बिद्यार्थीहरुको कार्यालय समय भित्र भर्ना गर्ने निर्णयानुसार भर्ना नभएको भन्दै अनेरास्वबियुले तालाबन्दी गरेको हो । अनेरास्वबियुले अन्य संगठनले क्याम्पस समय भन्दा पछाडी समयमा बिद्यार्थी भर्ना गरेको आरोप लगाएको छ ।
तर नेबिसंघले भने कार्यालय समय भित्रै आफुहरुले बिद्यार्थी भर्ना गरेको भन्दै अनेरास्वबियुको कडा प्रतिबाद गरेको छ ।
यसैबिच नजिकिदै गरेको स्वतन्त्र बिद्यार्थी युनियनको चुनावको बिषयमा क्याम्पसमा महोल तात्दै गएको छ । क्याम्पसमा बिभिन्न बिद्यार्थी संगठनहरु बिच प्रतिस्पर्धा पनि बढ्न थालेको छ । बिद्यार्थी संगठनहरु हरु कसरी निर्वाचन कसरी जित्ने भनी दौडधुपमा लागेका छन ।
तर क्याम्पसमा ताला लागेपछि टाढा टाढाबाट कोठा भाडामा बसी पढ्न आएका बिद्यार्थीहरु अन्यौलमा परेका छन । उनीहरु चुनाव सकिएपछि मात्र क्याम्पसमा फर्किने भन्दै घर तर्फ लाग्न थालेका छन । बास्तबमा सोझा बिद्यार्थीहरु घर तर्फ जानु पनि जायज नै दखिन्छ । 
बिहान बेलुका खानको लागि धौ धौ हुने अभिभाबकहरुले आफ्ना छोराछोरीको उज्जवल भबिष्यको कामना गर्दै पढाएका छन, तर यसरी क्याम्पसमा ताला लाग्दा उनीहरु पनि चिन्तीत बनेका छन । बिद्यार्थीहरुलाइ परिक्षा नजिकिदै गर्दा यस्तो हुनु अप्ठ्यारो कुरा भएको लागेको छ ।




No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.