"2513058968709111" /> र मैले कुदाँए जिन्दगी .... - अनिश शर्मा गैरे
Breaking News
recent

र मैले कुदाँए जिन्दगी ....


 बिगत दुई दिनदेखीको झरीले मनमा पनि झरी ल्याउन थालेको छ । 

उस्तै छ यो मनको आकाश पनि, उस्तै छ आकाशको आवाज पनि, उस्तै छ बर्षाको स्वरुप पनि ।

चिसो चिसो मौसम ।

मलाइ म:म खान मन लाग्यो, अनु लाइ भने 'म:म खान जाने'? ।

उसले नजाम भनेन, म:म पसलमा छिर्यौ दुई मनहरु । तर म सँग भने अर्को पनि मन छ । जस्ले बिगतलाइ सम्झाइरहेछ ।

अनुले म:म अर्डर गर्यो र भन्यो,'सुप अलिक पिरो पिरो है' ।

मेरो मन पिरो भयो एकपटक ।बिगत सम्झिएर। फेरि पुरानै हालमा फर्किए र सोँच्न थाले फेरि उहीँ परिघटनाहरु, र थिच्न थाले एचटिसी मोबाइलको स्कृनलाइ ।

   मलाइ वर्षा हुँदा रुझिरहन मन लाग्छ, जस्तो तिमिलाइ लाग्थ्यो । तिमिले नै त हो नि मलाइ बर्षामा रुझ्न सिकाएकी । 

कहाँ बिर्सन्छु म, रुझ्दिन भन्दा भन्दै पनि कस्तरी तिमिले तानेर रुझाएकी थियौ मलाइ । म रुनै खोजेथे जस्तो सानो बच्चाले जबरजस्ती नुहाइदिन खोज्दा गर्छ । 

एक डाडु सुपको रस झर्छ गिलासमा, यता मलाइ असह्य हुन्छ, झरी पनि झरिरहेछ । सायद तिमी साथमा हुँदी हौ त सँगै लैजान्थेँ    तिम्रै बासना मगमगाउथ्यो चौर वरिपरि । तर म कस्तो बेहाल हुन्थे त्यो बेला ।

  मेरो र नोवेम्बर रेन फिल्मको कहानी उस्तै उस्तै छ । तिमी रुझिरहन खोज्यौ, भ भाग्न खोजे, पछि तिमी भागिरह्यौ म रुझिरहन खोजे ।

  अब त स्मृती पनि धमिलो बन्न थालिसकेछ । बूढो भैसकेछ स्मृती ।

तिमी गयौ, अन्तै कता कता तर मेरो मानसपटलमा ती स्मृतिहरु उस्तै रहे, लगिनौ तिमिले ।

 तिमिले लगेको भए पनि आज म कहाँ यसरी ती स्वर्णिम यादहरु कल्पन सक्थे होला र । अनि अर्को यसरी कहिले काहीँ आँसु चुहाउन पनि कहाँ सक्थे र म ।

   पहिला रुझिरहन सिके, आज तिनै धमिलो स्मृतिले रुझाइरहन सिके मेरा परेलीका लट्टाहरुलाइ, मेरा सिरानीका संवाहकहरुलाइ ।

   आशा छ कुनै दिन त्यसरी नै चौपारीमा कुरिरहँदा तिमी टुप्लुक्क आउने छौ मेरै सामु र बिगतका कुराहरु पुन एकपटक मनबाट र स्मृतिबाट ओकेल्न सक्ने छौ हामीले । 

  र आफुले भोगेका सबै कुराहरु एकएक पस्किने छौ ।

र मैले भन्नेछु कि कस्तो वाक्क जीवन गुजारे मैले उनको अभावमा, कस्तो झर्कोलाग्दो जिन्दगी जिए मैले ।

मलाइ त्यही दिनको प्रतिक्षा भइरहेको छ । मात्र यी दुई थोप्ला आँखामा देखिने तस्वीर सँगै !

------

हेर त म त कहाँ पुगिसकेछु, अनुले एक प्लेट म:म खाएर सिद्धाइसकेछ । म भने यत्तिकै आँसु टिलपिल पार्दै लेखिरहेछु, एक थोपा खसेर स्कृनमा परेपछी थाहा पाएँ ।

  लाज लाग्यो, के भन्यो होला अनुले । अनि उसको अनुहार नहेरी खाएँ कपाकप । र निस्किए बाहिर फेरि एक रित्तो मन लिएर । पेट भरिए पनि मन भरिन सकेन । प्लेट जसरी रित्तिए, त्यत्तिकै डुलिरहे बसपार्कको चोकचोकमा र अनु उता केके लेख्दै थ्यो । मलाई यस्तै भैतारिरहन मन थियो, उ तिनै कुराहरु सम्झदै ।

----

अँ 

अब त अति भयो, जानुपर्छ । होमक गर्नु छ भोलि मास्टर कराउलान । अनि भोलि के पढाउने तीनिहरुलाइ, तयारी गर्नुछ । 

भोलि फेरि अर्को कुराले मन अमिलो बनाउँला अहिले जाने निर्णय गरे । र बाइक स्टार्ट गरे, बस्यो अनु पछाडी ।मैले कुदाएँ जिन्दगी फेरि एकपटक ।

No comments:

Anish gaire. Powered by Blogger.