"2513058968709111" /> यी हुन् दिमाग तिखार्ने खानेकुराहरु - अनिश शर्मा गैरे
Breaking News
recent

यी हुन् दिमाग तिखार्ने खानेकुराहरु


के तपाइँले प्रायः स(साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ रु महत्वपूर्ण कुरा समेत भुसुक्कै बिर्सने बानी छ रु जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु भुलेको कुरा सम्भिmएसँगै किन यस्तो कुरा भुलेँहोला रु भनेर झनै बढि तनावमा रहन्छन् ।

वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ । यी खानेकुरा खानाले मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ ।
१। गोलभेँडा – गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।
२। ओखर( जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।
३।स्ट्रबरी( यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।
४। दही( दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।
५। जाइफल( जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्ष्ितकलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।
६। तुलसी( मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २(३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।
७।अलैँचीमा प्रसस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
८। चिया, कफी, बेसार, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.