"2513058968709111" /> पौँदीबासीहरुको महान पर्व न्वागीको अवसरमा आयोजित कार्यक्रमको सम्पूर्ण तैयारी पूरा,भोलि देखि न्वागी सुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पौँदीबासीहरुको महान पर्व न्वागीको अवसरमा आयोजित कार्यक्रमको सम्पूर्ण तैयारी पूरा,भोलि देखि न्वागी सुरु ।।

मङसिर ०२
वामी,गूल्मी
पौँदीबासीहरुको महान पर्व न्वागीको अवसरमा आयोजित कार्यक्रमको सम्पूर्ण तैयारी पूरा भएको आयोजकले जनाएको छ ।
विशेष गरी पोँदीबासीहरुले नयाँ अन्न भित्र्याएर विभिन्न परिकार बनाई न्वागी खाएपछि मात्र नयाँ अन्न खाने गर्दछन । यस पर्वलाई यीनिहरुले दशैँ भन्दा ठुलो पर्वको रुपमा मान्ने गर्दछन्। भने यस अवसरमा जर्डन धानको न्वागी,खाने केरा भाँगो,तिल दहीमा भिजाई खाने गर्दछन् ।
पहिले पहिले स्थानीय लगायत उनीहरुको नातागोतालाई निमन्त्रणा गरी,न्वागी मनाउने गरेपनि पछिल्लो समयमा यसलाई व्यवस्थित गरी यस अवसरमा विभिन्न कार्यक्रमहरु प्नि गर्न थालिएको छ ।पहिले दागचौरको फाँटमा गरीँदै आएको कार्यक्रम अहिले भने खार बजारमा गर्न लागिएको आयोजक संस्था थानापति समाज कल्याण क्लवका अध्यक्ष राम डि.भिले जानकारी दिनुभयो ।
यस अवसरम ाझ्याली,झाण्टा बजाई प्र्रत्येक घरबाट जम्मा हुने र रमाईलो गर्ने गरिन्छ ।भने भोलि देखि सुरु हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजक संस्थाले जानकारी दिएको छ ।
यस वर्षको न्वागी खाने समय भोलि बिहान ७ः५१ मिनेट जाँदा पूर्व तर्फ फर्केर न्वागीको विधि विधान अनुसार खान आग्रह गरिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.