"2513058968709111" /> नेपाली काँग्रेस गाउँ समिति दगातुम्डाँडाले शोक सभा सम्पन्न गर्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काँग्रेस गाउँ समिति दगातुम्डाँडाले शोक सभा सम्पन्न गर्यो ।।

मङसिर ०२
वामी,गूल्मी
नेपाली काँग्रेस गाउँ कार्य समिति दगातुम्डाँडा बागलुङले आज शोक सभा सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस गाउँ कार्य समिति दगाका क्रियाशिल सदस्य एवं जिल्लाबाट सम्मानित सदस्य उमानन्द पाण्डेको ७८ वर्षको उमेरमा भएको दुःखद निधनको आज १३ औँ दिनको पुण्यतिथि पारेर शोक सभा सम्पन्न गरिएको हो ।नेपाली काँग्रेसका क्रियाशिल सदस्य प्रेमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न शोक सभामा सहभागीहरुले स्वर्गीय पाण्डेको निधनले नेपाली काँग्रै पार्टी स्तब्ध भएको भन्दै मृत आत्माको स्वर्गमा बास होस र शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका थिए ।
उक्त अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य जिवलाल भुषालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्वगीर्य उमानन्द पाण्डेका जेष्ठ सुपुत्र गोपिराम पाण्डे लगायतलेशोक मनतव्य व्यक्त गर्नुभएको थियो ।भने कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी सघं त्रिभुवन उच्च माध्यमिक विद्यालय खर्बाङ ईकाईका ईकाई सभापति तुल्सीराम खरेलले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.