"2513058968709111" /> चन्द्रनिगाहपुरमा दिउसैं बैंक परिसरमै लुटपाट ।। - अनिश शर्मा गैरे
Breaking News
recent

चन्द्रनिगाहपुरमा दिउसैं बैंक परिसरमै लुटपाट ।।

मङसिर ०२
चन्द्रनिगाहपुरमा दिउसैं बैंक परिसरमै लुटपाट भएको छ ।  एसबीआई बैंकबाट झिकिएको २० लाख रुपैयाँ उक्त बैंकको गेटमै लुटेराहरुले लुटेका छन् । लुटिएको रकम चन्द्रनिगापुरकै इन्फ्रास्टक्चर बैंकको रहेको प्रहरीले जनाएको छ । आज अपरान्ह इन्फ्रास्टक्चरका सहायक प्रबन्धक उज्वल रिजाल  र  सुरक्षा गार्ड तेजबहादुर कार्कीले एसबीआईबाट रकम झिकेर बाहिरिए लगत्तै उनीहरुमाथि लुटेराले आक्रमण गरेका थिए । मास्क लगाएका लुटेराले गोली चलाएर रकम भएको झोला लुटेर भागेका थिए । गोली लागेर गार्ड घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घट्ना लगत्तै सक्रिय भएको प्रहरीले चन्द्रनिगापुरको पश्चिम जंगलबाट शंकास्पद २ वटा मोटरसाईकल र एक युवालाई नियन्त्रणमा लिएको छ । युवकलाई प्रहरीको गोली लागेको छ । उनी लुटेरा मध्यैकै एक रहेको डीएसपी नेत्रमणि गिरीले बताउनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.