गजल
बोल्नै के पो अर्थ होला अन्याय यहा अति छ भनी
तर लेख्न नभुल्नु अतिको रिजल्ट खती छ भनी
साउनमा फालेको टालोपनी चैत्रमा काम लाग्छ
फालिएको टालो नै हु, नसोध्नु कस्तो गति छ भनी
फालिएको टालो नै हु, नसोध्नु कस्तो गति छ भनी
प्रेम गरेकै कारण तिमीले मलाइ हावा सम्झियौ,
तिमीलाइ नै थाहा छ हावाको महत्व कति छ भनी
तिमीलाइ नै थाहा छ हावाको महत्व कति छ भनी
हिजो पैसा थिएन सबै थिए, साथीहरुको सूचीमा,
आज पैसा भएर पनि सोध्ने कोइ छैनन कति छ भनि ।
आज पैसा भएर पनि सोध्ने कोइ छैनन कति छ भनि ।
गरिबको सामु धाक नदेखाउ, भयो नदेखाउ,
तिमीहरु सगँ मात्रै टन्न धन सम्पती छ भनि
तिमीहरु सगँ मात्रै टन्न धन सम्पती छ भनि
-पहिलो पटक लेखेको प्रतिक्रिया दिनुहोला ।
-अनिश शर्मा गैरे, वामी गुल्मी !
No comments: