"2513058968709111" /> माफ गर्नोस् - अनिश शर्मा गैरे
Breaking News
recent

माफ गर्नोस्

"मिस्टर मिसेस् मान्छेः माफ गर्नोस् ,,,मैले जानीबुझी यी शब्दको उत्थान गरेको होइन ।"
म हिड्दै छु,
मेरो अघि एउटा अग्लो टाकुरा छ ।
उसको लागि म कैयुँ होँचो हुन्छु,
मलाइ हेप्छ ।
छ्या ठुलाले सानालाई हेप्ने चलन त पुर्खाको हो ।
हामिले त उसैको सिरमा टेक्नु छ ।
एउटा नयाँ रहरको उत्तेजना पलाँउछ,,
अनी अर्का पुराना जवान दिनहरुले फर्किफर्कि चिथोर्न थाल्छन् ।
म धेरै पछि फर्किन्छु,
एकदिन मलाई पनि बिरत्त लागेथ्यो,,
र लागेथेँ टाकुरा तिर
क्षितिज तिर ।
तिमीले मलाई माया गर्न कहिल्यै छोडिनौ,
त्यसैले त ब्यालेन्स सकिएला भनेर
फोन पनि कहिल्यै उठाइनौ
तर फोन नउठ्नुलाइ मैले अर्कै अर्थ दिएँ धोका ।
माया बाट 'धोका' शब्द जन्म्यो,,
अहिले उ शब्दकोषमा सुरक्षित छ । निकाल्न सकिन्न ।
, कति माया गर्यौ है,
अँ,, एकदिन मलाई बिरत्त लागेथ्यो,,
र लागेथेँ क्षितिज तिर ।
टाढा बाट सलाईका
काँटि जस्तै देखिने
क्षितिजका रुखमा चढेर
सक्दो चिच्याउने मन थियो,
"खोई मनको आकाश????"
तिम्रो मनको क्षितिजमा पुगेपछि
देखेँ, त्यहाँ बाट अरु ठुला टाकुरा देखिए ।
छि त्यो त क्षितिज होइन रहेछ ।
त्यो त 'भ्रम' रैछ,
त्यहाँ 'भ्रम' जन्म्यो ।
हो 'भ्रम' नै जन्म्यो ।
अब उ पनि सुरक्षित छ शब्दकोषमा ।
....निकाल्न सक्दिन ।
अन्त्यमा पनि एकदिन मलाई बिरत्त लागेथ्यो,,
र फेरि लागेथेँ क्षितिज तिर ।
भेटिएकाहरुलाई सोधेको पनि थिएँ,
क्षितिज बाट के मनको आकाशमा पुगिन्छ???
जवाफ आएथ्यो,
"आकाशमा पुग्न क्षितिजमा होईन,
बढिघाटमा जानु न । बाढि आको छ, छिट्टै पुगिन्छ ।"
साला मिथ्या संसार,
त्यै जवाफ बाट त हो
'मिथ्या' शब्द निस्केको,
अब त्यो पनि शब्दकोषमा सुरक्षित छ ।
निकाल्न सक्दिन, मेटाउन सक्दिन ।
..........लाग्छ सबै गल्ती म बाटेै हुन्छन् ।
मिस्टर मिसेस् मान्छेः माफ गर्नोस् ,,,मैले जानीबुझी यी शब्दको उत्थान गरेको होइन ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.