"2513058968709111" /> ग्वालीचौरका मृगौला पीडित जिसीको लागि बडिगाड सेवा समाज जापानद्धारा लाखौ सहयोग ! - अनिश शर्मा गैरे
Breaking News
recent

ग्वालीचौरका मृगौला पीडित जिसीको लागि बडिगाड सेवा समाज जापानद्धारा लाखौ सहयोग !



अनिश शर्मा गैरे, गुल्मी 

बाग्लुङ्गको बडिगाड गाँउपालिका ५ खौलारका मृगौला पीडित तिल बहादुर जिसीलाइ प्रस्तावित बडिगाड सेवा समाज जापानले लाखौ रकम सहयोग गरेको छ ।

समाजले मृगौला पीडत तिल बहादुर जिसी बचाउ अभियान नै सञ्चालन गरी संकलन गरी ४ लाख ३६ हजार ९ सय रुपैया हस्तान्तरण गरीएको छ । हस्तान्तरण कार्यक्रममा बडिगाड गाँउपालिका ५ का अध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षता तथा गाँउपालिका अध्यक्ष मेहरसिँह पाइजाको प्रमुख आतिथ्यता रहेको थियो ।

सो रकम जीसीको श्रीमती सञ्चितालाइ हस्तान्तरण गर्दे गाँउपालिका प्रमुख पाइजाले आफ्नो कमाइको केही अंश बचाएर यसरी रोगी दुखीहरुको घाउमा मलहम लगाउने परोपकारी काम गरेकोमा बडिगाड सेवा समाज जापानलाइ धन्यवाद दिए । साथै उनले आगामी दिनमा पनि यस्ता अभियानहरु चलाउँदै दुखी गरीबको साथमा रहन आग्रह गरे । कार्यक्रमको सञ्चालन भानु माबिका शिक्षक बिष्णु प्रसाद आचार्यले गरेका थिए ।

सो रकम संकलन गर्न जापानमा रहेका भुवन आचार्य, रामु घिमिरे, दिपक घिमिरेले बिशेष अभियान चलाएका थिए ।

आचार्यले १ लाख ५३ हजार ८ सय ७३ जापानी एन, रामु घिमिरेले १ लाख ५३ हजा। ७ सय ५५  र दिपक घिमिरेले १ लाख २५ हजार ५ सय जापानी एन सहयोग गरेका साथी समीपराज आचार्यले जानकारी दिए ।

दुबै मृगौलाले काम गर्न छोडेका जिसीको आर्थिक अवस्था निकै नाजुक रहेको छ भने उनको उपचारको लागि यस अघि पनि लाखौ रकम संकलन भइ हस्तान्तरण भइसकेको छ ।
तस्वीर-समीपराज आचार्य

No comments:

Anish gaire. Powered by Blogger.