"2513058968709111" /> पिकनिक डायरी -३ - अनिश शर्मा गैरे
Breaking News
recent

पिकनिक डायरी -३

10 Feb, 2017
हप्ता बितिसक्यो । सबै आफ्नै काममा अभ्यस्त भइसके, तर घडिले समय कैद गर्न सकेन,त्यसले म अझैपनी सोच्न लेख्न र सुनाउनमै ब्यस्त भईरहेँ ।यहि हाम्रो प्रेमकथा ! पुषे पन्ध्रमा अङ्कुरण भएर तत्काल आत्महत्या गरेको प्रेम कहानी । उहीँ तिमी र मेरो कहानी ।
अँ, एउटा कुरा त तिम्लाइ भन्नै बिर्सेछु । मैले अस्तीको प्रेमकहानी फेसबुकमा राखे नि ।यदि कल्पनानगर मा पनि फेसबूकको सुबिधा भएको भए तिमीले पनि हेर्थ्यौ होला, एकखेप हास्थ्यौ होला ।
शुरुमा त लाज पनि लागेथ्यो । को को ले के के भन्लान भन्ने चिन्ता थियो । तर धेरै कुरा भने । मैले धेरै कुरा सुने । क्याम्पसका दुई तीन दिन यसैका बारेमा कुरा भए । गुरुहरुले डायरीमा आफुलाइ दिइएको भुमीकाको बारेमा चर्चा गरे । धेरैले त त्यो परेरै लेखेको घटना हो भने । मेरै अति मिलनसार साथीले पनि विश्वास गरेन, ताकी मैले अहिले सम्मको कुनै पनि कुरा उसलाइ लुकाएको छैन ।
कत्ती बहिनिहरुले भाउजू चिनाउनु न भनेर धेरै कहर गरे । कति भाइले पनि सोधे । बाबालाई पनि यस्तो फेसबुकमा राखेको कुरा कस्ले सुनाइदिएछ, भन्दै हुनुहुन्थ्यो - बुहारी बनाइभ्याएछस, हामीलाइ देखाउन्नस?
माथी गाउँकी अन्टीले पनि आज मलाइ बाटोमै रोकेर भनिन- तिमिले त बिहा गर्यौ भन्ने सुनिन्थ्यो त ? मिल्थ्यो त दिमाग हल्लाईदिने कल्पनाकि रानी लाई फ्याट्ट निकालेर दिनेथिएँ बहिनिहरुलाई, यिनै हुन् तिम्री प्यारी भाउजू भनेर ।
अचम्म । कतिले बिहा गर्यो भनेर पनि भन्न भ्याइसकेछन । पुष मा पनि बिहा गर्छन र ? तिमी आफै भनिदेउ -के हामीले गर्ने फैसलाको दिन आउनेछ? र यो आत्तुर दुनियालाइ बताइदिनेछौ भनेर !
हुन त मिलन चाँडै होस भन्ने चाहान्छन भने त्यो त नराम्रो कुरा नै के भयो र है प्यारी !
फर्कीएपछी जनतन त्यो दिनको अस्ताउँदो घडीलाइ कटायौ । यादका पोकाहरु भर्दै गयौ । दिनहरु हुर्कदै गए । पोकाहरु बढ्दै गए । समय आएन ।
शुक्रवार उनी सँग चौपारीमा भेट भयो । त्यही चौपारी जहाँ हामी पहिलो पटक भेट भएका थियौँ । तर अहिले यहि चौपारी आफ्नो अस्तित्व संकटको घडीमा थियो । आफू बस्ने घर बनाउने भनेरै हाम्रो प्रेमको महल रुपि चौपारी भत्काइदै थियो ।खै किन म प्रेमको महल ठान्छु यो चौपारिलाई ?अनि दुनियाका ९० प्रतिशत प्रेमी प्रेमिकाको पहिलो भेट किन चौपारिमै हुन्छ? मलाई थाह छैन तर यो एउटा संयोग हो ।कल्पना हो । तर पिपल ढल्न आटेको कल्पना होइन ।
अब पीपलको रुख ढलिसकेको छ, ठुटो मात्र बाँकी छ भन्दा फरक परेन । चौपारी पनि एकाएक भत्काइदै छ । उनि र म भेट हुने त्यो चौपारी अब बिरानो हुँदै छ । अस्तित्व लोप हुने अवस्थामा छ ।चाहन्छु, हाम्रो पिरती बिरानो नहोस । अमर रहोस । जीवन्त रहोस् । सदा सदा सम्झीरहोस् समाजले ।
त्यही ढलेको पीपल अड्याएको चौपारीमा बसी केही कुराहरु साट्यौ एकअर्कामा । पिकनिकको कुरो गर्यौ । छुट्टिएपछिका अमीला पलहरु मेटायौ । र छुटियौ ।
प्रिय पाठक ! यो मेरो कल्पनाको संसार हो । कल्पना भित्रको जीवन हो । र सेटिङ पनी कल्पना भित्रकै हो । समयको उल्झनले टुक्रदै र जोडिदै गरेको अवास्तविक कथा हो । निद्रामा पनी हामी कति मिठो कल्पनाको आकशमा उडिरहेका हुन्छौ । प्रत्येक घटना परिघटनाहरु भोगिरहेका हुन्छौ । त्यहि सपना सँग जोडिदिनुस यो कथा ।
अनि अचम्म मान्ने कुरा के छ भने,, मान्छेले निदाएर सपना देख्छन । म दैनिकीमै सपना जोडेर देख्छु ।मैले कलेजबाट आएर किताब राखिरहँदा उनले मेरो लागि खाना पस्केको कल्पना गर्छु, कलेज जान बाईक स्टार्ट गर्दै गर्दा उनले छोडिएको हेल्मेट ल्याईदिएको कल्पना गर्छु,एक्लै मुस्कुराउछु,एक्लै बैरागिन्छु ।
प्यारी अब त सारा संसारभरी छ्यापछ्याप्ती भैसकेछ हाम्रो प्रेमकथा । हाम्रो बाबाले भारतबाट पठाएको पत्र घर आउन एक महिना लाग्थ्यो रे । पहिलेका पालाको जस्तो संसार सोचेर भएन । फरक संसार, फरक मान्छे, फरक सञ्चार माध्यम । त्यसैले खबर फैलिन अहिलेको युगमा एक मिनेट पनि बढी भैसक्यो ।समयले आफ्नो शक्ति देखाएरै छोड्यो, कति ठूलो लाग्ने संसारपनी एउटा सानो गाउँ बनाएर ।तिमीलाई हराएर ।
खोजेको हर चिज निमेष मै पत्ता लाग्न सक्छ । तर प्रिय यहि आधुनिक समाजमा भएपनी तिमी भेटिइनौ । हराइरह्यौ । हराइरह्यौ ।
स्वस्थानी कथामा महादेव लुक्न जाँदा पार्वतीले ध्यान दृष्टिले हेरेर भेटेको कुरा आजै मैले स्वस्थानी कथा रेडियोमा सुनाउँदा बाचन गरेँ । बिपनी यस्तो नभइदिने । सारा माध्यम प्रयोग गरेपनी भेटिइनौ । अहँ, हराइरह्यौ । मैले खोजिरहेँ । खोजाइको सिमा भेटिएन मेरो । तिम्रो हराइको सीमा भेटिएन ।
आउर लभ इज कोन्सिल्ड । हिडन । नट इजिली एक्सेसिबल । यस्तै यस्तै ।
समय धेरै बितिसक्यो । कल्पनामै भेट नभएको पनी कत्ती धेरै भइसक्यो । चौपारीमा पनि आइनौ । साहारा दिने पीपल हराएकोमा तिमी पनि हराइदिने बिचारमा पुग्यौ क्यारे ।
भो अब समयले सबैलाइ थाहा दिइसक्यो । तिमी को हौ भन्ने कुरा सबैले थाहा पाइसके । अब कत्ती लुक्छौ ? कत्ती कल्पनामै सिमित हुन्छौ ? आइदेउ । कल्पनाको संसार भन्दा वास्तविकताको संसार निकै फराकिलो छ। प्रेमिल छ । सुन्दर छ । रमाइलो छ । जिन्दगी यहि वास्तविक संसारमा गुजारौ । कल्पानाको संसारमा कतिदिन सम्भव होला र ? भंग गरिदेउ कल्पना । भंग गरिदेउ झुटको संसार । र चिनाइदेउ तिमी को हौ जो मेरा शब्दहरुबाट ब्यक्त भइरहन्छ्यौ ।
Dissolve your imaginative world and welcome in our real, apparent and concrete world. I will be waiting there for you !

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.