"2513058968709111" /> प्रेमलाइ मृत्युु नबनाउ - अनिश शर्मा गैरे
Breaking News
recent

प्रेमलाइ मृत्युु नबनाउ

मानिस भन्छन जीवनको अस्तित्व बुझ्न पशुपति आर्यघाटमा पुग्नुपर्छ ।
म भन्छु, पशुपती आर्यघाट भेट्न बागमती नै पुग्नुपर्दैन, बडिगाड पुगेहुन्छ । मृत्यु पाउन बिष पिउनु पर्दैन, डोरि लिनु पर्दैन । बस, परिस्थिती उल्टो बनिदिए हुन्छ ।
जसरी चुरोटको ठूटो जल्दै जल्दै सकिन्छ त्यसै गरि सिद्धिने हो यो जीवन । एउटा सक्स्याहाले रक्सीको बोत्तल रित्ताउदै आफ्नो जीवन पनि रित्ताइदिन्छ । पारीजातले भनेजस्तै जीन्दगी भोग्दा भोग्दै सकिन्छ । हो यसैगरी मरिदिन्छ प्रेम पनि ।
अक्सर मानिसहरु यो पनि भन्न पछि पर्दैनन् – शरीर मरेपनी प्रेम सदैव जीउँदै हुन्छ । जीवित रहन्छ । म सोध्न चाहान्छु – प्रेम जीवीत रहनु भन्ने कुराको परिभाषा के हो ?
कत्ति प्रेमहरु मरेको देखेको छु मैले । कत्ती प्रेमहरुले त मरिसकेर पनि मरेको उपमा नपाएको पनि देखेको छु । कत्ती फुलहरु फक्रीएजस्तै गरि सडेको देखेको छु । कत्ती मानिसलाइ प्रेमले नै मारिरहेको देखेको छु । प्रेमले मरिसकेकोलाइ अमरत्व दिने होइन जिउँदोलाइ मारिरहेको छ पल पलमा ।
प्रिय्, मृत्यु चाहेरै प्राण फालेका पनि यहि भेटिन्छन । मृत्यु नचाहेरै जबरजस्त फ्याँकिएका पनि यहि भेटिन्छन । भेटिन्छन जीवीत तर भित्र मृत भेटिन्छन ।
प्रिय् पाठक ! हिजो प्रेमले मारिसक्याथ्यो । तर डोरीले बचायो । किन बचायो ? त्यही डोरीलाइ थाहा होला । डोरी प्रेमजती निठुर हुन नसकेकै कारणले मृत्यु दिनबाट भाग्यो । तर प्रेम निठुरताकै कारण मृत्यु पच्छाइरह्यो । जस्लाइ रोक्न डोरीनै चाहियो ताकी मृत्युु दिने खुद त्यही डोरी हो ।
कुनै दिन गुरुले पढाउदा भनेथे, जीवनको उल्टो मरण हो । मृत्यु हो । म झस्केथे । मृत्यु सँग डराएथे । अनि त्यही पल, समयले खुब पछारेथ्यो । म जीवनको भिख माग्दै हिड्दै थिएँ । प्रेमले सँसार जित्छ भन्दै प्रेम मागेको थिएँ । अहँ भेटिएन् । प्रिय समय, मलाइ तेरो अवस्था देखाउने घडी सँग कुनै गुनासो छैन । छ त केवल त्यहि घडी भित्रका तीन एकतर्फी पात्रसँग । मैले नाडीको घडी रोकिनुलाइ समयको गति रोकिएको सोचे । तर समय त मेरो नाडीमा मात्र रोकिएको रहेछ ! घडीका तीन पात्र रोकिएपछी पनि लाखौ सेकेन्डहरु यात्रा पार गरिसकेछन । हजारौ मिनेटहरुले गन्तव्य भेटाइसकेछन । अनी दर्जनौ घन्टाहरुले नेटो काटिसकेछन । मैले मेरो घडीको समय सकिनुलाइ जीवनको समय सकिनु सोचे । र डोरी समाउन बाध्य भए । यो पनि त्यही प्रेमको देन हो । घडीको गति रोकिएपछी मेरो प्रेम जीवीत हुन नसक्नु ! त्यसैले म पासो समाउन गएँ । तर मेरो समय सकिनलागे पनि डोरीको समय बचेको हुनुपर्छ । तर यहाँ के भयो, डोरी चुँडीयो, यसको समय सकियो । मेरो समय बच्यो । मेरो जीवनसँगको प्रेम बच्यो । मृत्युु सँगको प्रेम टुट्यो !
शायद यहि मृत्युुले पनि बुझेको हुनुपर्छ , यो जीवन सस्तो छैन । यसरी सस्तो बनाएर मार्नकै लागि आमाले त्यो कष्ट खपेकी होइनन् । पिताले त्यो मर्म बोकेका होइनन् । अनि समाजले भार लिएको होइन् र पृथ्वीले छातीमा टेकाएको होइन ।
म भन्छु प्रियजन, प्रेमलाइ तिम्रो यमराज नबनाउ । बरु जान्यो भने त्यही प्रेम यमराजको उपचार हो । घाइते मनको जोडाइ हो । मैले प्रेम नगर कसैलाइ भनेको छैन । यसबाट टाढा भाग्न भनेको छैन । तर प्रेमलाइ त्यो ’डोरी’ जस्तो निठुर नबनाउ । प्रेमलाइ मृत्युु नबनाउ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.