ब्रह्मकुमारी इश्वरीय बिश्वबिद्यालय वामीको आयोजनामा वामीमा बृहत साँस्कृतिक कार्यक्रम
बिश्वशान्तीको लागि यस संस्थाले निकै ठुलो भुुमिका खेलेकोे छ : शर्मा
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालय वामीको आयोजनामा वामीमा श्रीकृष्ण जन्माष्टमी तथा हिन्दुहरुको महान पर्व हरितालीका तिजको अवसरमा ज्ञान प्रबचन, चैतण्य झाँकी, कृष्ण लिला तथा तिजगीत कार्यक्रम सम्पन्न भएको छ । निकट कलियुग बिनाश पश्चात नयाँ युगको आरम्भ हुने भन्दै बिश्वबिद्यालयले कार्यक्रममा सत्य युगको झल्को दिने प्रस्तुतीहरु देखाइएका थिए । जसरी रातपछि दिन आउने गर्दछ त्यसैगरी रात रुपी कलियुगको अन्त्य भइ उज्यालो स्वर्णीम दिन आउने र त्यही दिन ल्याउनको लागि परमात्मा शिव धर्तीमा आइसक्नुभएको भन्दै सोही दिनको अवस्थालाई कार्यक्रममा प्रस्तुत गरिएको बिश्वबिद्यालय शाखा मजुवाका सञ्चालक ब्रह्मकुमार रविन सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा सत्य युगमा जस्तै देविस्वरुप ससाना चेलीहरुको प्रस्तुती देखाइएको थियो ।
बिश्वबिद्यालय वामी शाखाकी सञ्चालीका ब्रह्मकुमारी जयन्तीको अध्यक्षता रहेको कार्यक्रममा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देविराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले बिश्वशान्तिका लागि यस ब्रह्मकुमारी बिश्वबिद्यालयले खेलेको भुमीका उल्लेखनीय भएको बताउँदै यसका सिद्धान्तहरु केही मात्रामा लागु गरिएमा पनि जीवन सार्थक हुने बताउनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै रविन कुमार, भुवन केसी, कल्पना घिमिरे, ब्रह्मकुमारी लक्ष्मी, लगायतले भोली भोली भन्दै हिड्ने मासिनको जीन्दगी खतरनाक अध्यारो तर्फ धकेलिने बताउनुभएको थियो । साथै उहाँहरुले मानिसहरु भौतिक संसारमा नलागी मानवीय मुल्य र मान्यता तथा संसारको बास्तविकता जान्नेतर्फ उत्सुक हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा बिश्वबिद्यालयकी गुल्मी सञ्चालीका ब्रह्मकुमारी सीमा, ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय वामी शाखाको भवन निर्माणको लागि गठित भवन निर्माण समितिका अध्यक्ष तथा जग्गादाता भुवन केसी, जग्गादाताहरु ब्सन्त कार्की, हरीहर सापकोटा, लेखनाथ सापकोटा, नेकपा माले जिल्ला अध्यक्ष राजकुृमार श्रेष्ठ लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
त्यसैगरी नेपाली काङ्ग्रेसका वामी सभापति सुदर्शन शाक्य, नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि तेजेन्द्र जीसी, नेकपा एमाले वामीका अध्यक्ष गोपिकृष्ण खरेल, राष्ट्रिय जनमोर्चाका मोहनलाल श्रेष्ठ, रुद्राबति बहुमुखी क्याम्पस वामीक निमित्त क्याम्पस प्रमुख रामु तिवारी, महेन्द्र आदर्श उमाबि वामीका प्राचार्य भिमलाल सापकोटा, प्रहरी चौकी वामीका प्रमुख गणेश श्रीस, सुरक्षा बेस क्याम्प लगायत वामीका तथा आसपासका समाजसेबी, बुद्धिजिवि, शिक्षाप्रेमी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नृत्य प्रस्तुत गर्दै निकिता शाक्यले सबैलाई स्वागत गर्नुभएको थियो भने मजुवा, तम्घास, शान्तिपुर, भुवाचिदी, बाग्लुङ्को ग्वालीचौर, गल्कोट तथा बुर्तिबाङ्का ब्रह्मकुमारी बिश्वबिद्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बिश्वबिद्यालयको तर्फबाट नै बिबिध धार्मिक कृष्ण लिला तथा तिज गितका प्रस्तुतीहरु निकै रोमाञ्चक तरिकाले प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन ब्रह्मकुमारी राधिकाले गर्नुभएको थियो ।
यसैगरी संस्थाको बन्दै गरेको भवन निर्माणको लागि हजारौ सहयोग संकलन भएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा जग्गादाता भुवन केसीले भवन निर्मँणको लागि १ लाख १ हजार सहयोग प्रदान गर्नुभएको छ भने जग्गादाता बसन्त कार्कीका धर्मपत्नी कमला कार्कीले पनि ५१ ह्जार रुपैया सहयोग गर्नुभएको छ भने कार्यक्रमबाट प्रभाबित भएर स्थानीयहरुले हजारौ रकम सहयोग गरेका थिए । कार्यक्रममा मञ्च ब्यबस्थापनको लागि डिलाराम खरेलले टेन्ट, भिडियोको लागि सुमन कक्षपति तथा साउन्ड सिस्टमको लागि निरन बज्राचार्यले सौजन्य गर्नुभएको थियो । यसरी कार्यक्रम भब्य भएतापनि स्थानीयहरुको उपस्थिती भने उत्साहजनक रुपमा देखिएको थिएन ।
PHOTO CREDIT : PRAKASH GHIMIRE

No comments: