"2513058968709111" /> युवाहरुले सञ्चालनमा ल्याए गाँउमा बिजुली ।। - अनिश शर्मा गैरे
Breaking News
recent

युवाहरुले सञ्चालनमा ल्याए गाँउमा बिजुली ।।

अनिश गैरे/प्रकाश घिमिरे
वामी गुल्मी ।।
बाग्लुङ्को पश्चिमी गाबिस ग्वालीचौर वडा नम्बर ८ मा बिगत ५ महिना देखी अबरुद्ध बिद्युत युवाहरुले सञ्चालनमा ल्याएका छन । थानापति समाजकल्याण संस्थामा आबद्ध युवाहरुको सक्रियतामा गाँउमा बत्ति पुन सुचारु भएको हो । पाँच महिना अगाडी चट्याङ्ले बिद्युतको ट्रान्सफर्मरमा क्षती पुर्याएपछि बिद्युत आज सम्म अबरुद्ध भएको थियो भने गाँउ बुद्धिजिवि तथा समाजसेबीहरुले बिद्युत सञ्चालन गर्न कुनै चासो नदेखाएका कारण युवाहरुले जुटेका हुन । संस्थाका सचिब चिरञ्जिवी घिमिरेका अनुसार बिद्युत अबरुद्ध भएको पाँच महिना सम्म जति सुकै दवाव दिदा पनि बिद्युत सञ्चालन समितिले कुनै चासो नदिएको कारण आफुहरु जुटेका थिए । युवाहरुले बिद्युत सञ्चालन गर्नको लागि करिब ३ घण्टाको उकालो बाटामो बिद्युतका गाह्रौ समाग्रीहरु आफैले बोकेर ल्याएका थिए । गाँउमा सञ्चालित मोटरबाटो पनि पहिरोले अबरुद्ध बनाएपछि युवाहरुले आफ्नो ढाड नै खियाएर समानहरु बोकेको संस्थाका अध्यक्ष चक्र बुढाले बताउनुभयो ।

लब्धीखोला दोस्रो जलबिद्युत परियोजना द्धारा सञ्चालीत सो बिद्युतको प्रसारण क्षेत्रमा कुनै पनि समस्या भएमा बिद्युत सञ्चालन समितिले कुनै चासो लिदैन, जहाँ बिग्रिको छ त्यहीका स्थानीयहरुले मर्मत गर्नुपर्छ । यही प्रबृतिका कारण गाँउका युवाहरुले करिब २ लाखको लागतमा काम सम्पन्न गरेका हुन । स्थानीयहरुको जन श्रमदान तथा आर्थिक सहयोग संकलन गरि हेटौडा बाट समाग्रीहरु तथा जडान गर्ने प्राबिधिक समेत बुटवलबाट बोलाइ बिद्युत मर्मत गरिएको संस्थाका सचिब घिमिरेले बताउनुभयो ।
वडाका करिब १ सय ८० घरधुरी बिद्युतको समस्याका कारण समस्यामा परेका थिए । भने सामान्य कुटानी पिसानी गर्न, मोबाइल चार्ज गर्न पनि उनीहरुलाई निकै समस्या परेका स्थानीय युवा रामु जिसीको भनाइ रहेको छ । गाँउमा करिब ५ महिना पछि बिद्युत सञ्चालनमा आउँदा स्थानीयहरु पहिला पटक बिद्युत सञ्चालन हुँदाको जस्तै खुशी भएका छन । अब उनीहरुलाई कुटानी पिसानी गर्नको लागि तिन घण्टाको बाटो हिड्नु पनि पर्दैन अनि तिन घण्टा कुर्नु पनि पर्देन । स्थानीय महिलाहरुका अनुसरा बिद्युतको कारण काम गर्न बाहिर जानुपर्ने समय अब अन्य काममा खर्च गर्ने सकिने छ । बिद्यार्थीहरु राम्रो सँग अध्ययन गर्न पाउने भएका छन ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.