"2513058968709111" /> गाउँपालिकाको केन्द्र खर्वाङमा हुनुपर्ने भन्दै त्यसक्षेत्रका जनता आन्दोलित - अनिश शर्मा गैरे
Breaking News
recent

गाउँपालिकाको केन्द्र खर्वाङमा हुनुपर्ने भन्दै त्यसक्षेत्रका जनता आन्दोलित

20160909_144023स्थानिय निकाय पुर्नसंरचना आयोग लाई जिल्ला प्राविधिक सुझाव समिति बागलुङले वुझाएको प्रतिवेदन गलत रहेको भन्दै विरोध स्वरुप खर्वाङमा शुक्रवार र्याली निकालिएको छ। विहिवार साँझ दगातुन्डाडा, रिघा र शिसाखानीमा क्रियाशिल राजनैतिक दलहरुको संयुक्त वैठकको निर्णय अनुसार आज र्याली निकालिएको हो। “गत श्रावण १९ गतेको निर्णय कार्यन्वयन गर, खर्वाङ गाउँ पालिका केन्द्र कायम गर, जिल्ला स्तरीय राजनैतिक निर्णय खारेज गर, भौगालीक तथा साँस्कृतिक क्षेत्र टुक्राउन पाईदैन,” लगाएतका नाराहरु लगाउँदै र्यालीले खर्वाङ हुँदै हाडिखोला तथा रिघाको फेंदि परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । डुडेवाचौरमा भएको कोणसभा वोल्ने वक्ताहरुले आठ गाविसको केन्द्रको रुपमा सरकारी सेवा केन्द्र कायम रहेको, भौतिक रुपमा झण्डै ५० करोड वरावरको सरकारी सम्पत्ति रहेको र सवैको पहुँच हुँदा हुँदै केन्द्र सारिएकोमा आपत्ति जनाउँदै निर्णय नसच्चिय सम्म आन्दोलन जारि राख्ने वताएका थिए । सो सभामा नेपाली काग्रेसका गोकुल गिरि, एमालेका विना थापा, र राष्ट्रिय जनमोर्चाका वोम वहादुर थापाले सम्बोधन गर्नुभएको थियो । र्यालीमा स्थानियहरुले स्वस्फूर्तरुपमा वजार समेत वन्द गरि सहभागि भएका थिए । त्यस्तै र्याली पछि वसेको भेलाले गोकुल गिरिको संयोजकत्वमा २५ सदस्यिय संघर्ष उपसमितिको गठन गरेको छ। जसको सहसंयोजकमा विना थापा र वोम वहादुर थापा रहनुभएको छ।
20160909_150303यसैविच विहिवार साँझ वसेको रिघा, दगातुन्डाडा र शिसाखानीका राजनैतिक दलहरुको संयुक्त वैठकले सुनिल शेरचनको संयोजकत्वमा संघर्ष समितीको गठन गर्दै जिल्लाको प्राविधिक समिति, जिल्ला प्रशासन कार्यालय, जिल्लामा क्रियाशिल राजनैतिक दललाई ज्ञापन पत्र वुझाउने तथा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोहि अनुरुप सुनिल शेरचन नेतृत्वको तिनै गाविसको सर्वदलिय टोली बागलुङ पुगेको छ भने खर्वाङमा र्याली निकालिएको हो । यस्तै संघर्ष उपसमितिले सनिवार दिउसो २ घण्टा चक्काजाम गर्ने निर्णय गरेको छ। त्यस्तै संघर्ष समितिले शनिवार नै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने समेत वताएको छ।
त्यस्तै भेलाले आन्दोलनलाई सशक्त वनाउन आर्थिक परिचालन समितिको पनि गठन गरेको छ। जसको संयोजकमा क्याप्टेन गन वहादुर श्रीस, सदस्यहरुमा खगिश्वर अर्याल, दुर्गा अर्याल र मनोज गैरे रहेका छन्।20160909_145326
खर्वाङमा हाल पाण्डवखानी, रिघा, शिसाखानी, जलजला, दगातुन्डाडा, रणसिंह किटेनी, ग्वालीचौ र भिमगिठे हेर्ने गरि कृषि सेवा केन्द्र तथा इलाका वन कार्यालय, इलाका हुलाक कार्यालय रहेका छन् भने पशुसेवा केन्द्र, प्रहरी चौकी लगाएतका सेवा केन्द्रको रुपमा पनि खर्वाङलाई विकाश गरिएको छ । त्यस्तै जिल्ला विकास समिति बागलुङ मातहतको झण्डै ५० करोड वढिको भौतिक संरचनापनि खर्वाङमा रहेको छ भने विभिन्न संरचना निर्माणको लागी सार्वजनिक जग्गा समेत रहेको छ।
यस्तै बागलुङको पश्चिम वुर्तिवाङले पनि प्राविधिक समितिले गाउँपालिकाको रुपमा सिफारिस गरेको भन्दै असहमति जनाएको छ। विहिवार वसेको सर्वदलिय तथा सर्वपक्षिय भेलाले वुर्तिवाङलाई आसपासका गाविस समेट्दै नगरपालिका वनाउनुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.