"2513058968709111" /> गुल्मी पुर्कोटका नेपालीहरु आफ्नो बिदेशको कमाई समाजसेवामा खर्च गर्दै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी पुर्कोटका नेपालीहरु आफ्नो बिदेशको कमाई समाजसेवामा खर्च गर्दै ।।

प्रेम सुनार, गुल्मी ।।
पुर्कोट क्षेत्रमा घर भई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले त्यहाँको कमाईको केहि हिस्सा ृसमाज सेवामा लगाउँदै आएका छन् । पुकोट अन्तरगत मलागिरी , म्यालपोखरी, बाँझकटेरी भनभने लगायतका गाविसमा घर हुने दक्षिण कोरियामा कार्यरत २० जना युवाहरुले ‘पुर्कोट घर साउथ कोरिया समाज ’ नामक संस्था गठन गरी सामाजिक  सेवाको क्षेत्रमा हात हालेका हुन् ।
समाजका अध्यक्ष त्यहाँबाट फोन गरेर भने–‘ हामीले यो अभियानलाई संसारभर रहेका पुर्कोटवासी सम्म पुराउँदै छौं त्यहाँ आर्थिक अभवाका कारण उपचार नपाएका र घरवार विहिन छन भने भन्नुहोस् हामी सहयोग गर्न तयार छौं । ’ उनिहरुले पहिलो चरणमा श्रीमतिको उपचार गर्ने  पैसा नभए पछि विष सेवन गरेर आत्मा हत्या गर्न खोजेका रेसुङ्ग नगरपालिका १४ स्थित उर्लेनी गाउँका कृष्ण तङनामीका छोरा छोरीको उद्धारका लागि २० हजार सहयोग पठाएका छन् । उक्त सहयोग बाँझकटेरी घर भई आखा उपचार केन्द्र गुल्मीका कर्मचारी धनबहादुर थापा मार्फत गरेका हुन् । थापाका भाई कुञ्जरमणी थापा कोरियामै रहेको र उनको पहलमा सहयोग संकलन गरी पठाईको हो । त्यसो त थापा परिवार  एक्लैले गत वर्ष १ लाख ८५ हजार रुपैयाँ खर्च गरी बाँझकटेरी आँखा शिविरी सञ्चालन गरी त्यहाँका नेत्र हिन र विरामीको सेवा गरेका थिए । अव थापा परिवारले झैं संगठित भएर गाउँको सेवा गर्न थालिएको अध्यक्ष घिमिरेको भनाईछ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.