गुल्मीमा एउटै व्यक्तिव्दारा निर्मित ४० लाखको वृन्दावन !
प्रेम सुनार, गुल्मी ।
गुल्मीमा एउटै व्यक्तिले ४० लाख रुपैयाँ वरवरको वृन्दा वन निमार्ण गरेका छन् । हर्मीचौर गाविस वडा नम्वर ३ का डोलराज पाण्डेले कालिगण्डीकी नदि किनारमा उक्त मुल्य वरावरको भव्य वृन्दावन धाम निर्माण गरेका हुन ।
उनले स्वर्गिय पिता चिन्तामणी पाण्डेको स्मृतिमा सोही गाविसको वडा नम्वर २ रेप्का भन्ने स्थानमा उक्त धाम निमार्ण गरी हरिहर धाम देवघाटका पिठाधिस १००८ स्वामी ज्ञाननन्द स्वामी महाराजबाट उद्घाटन गराएका छन् । अमेरिकाको टेक्सासमा कार्यरत पाण्डेले त्यस धाम परिसरलाई भक्तपुुरका शिल्पीहरु र त्यहीका ऐतिहासिक सामग्रीहरु मगाएर कलात्मक ढंगले राधाकृष्णको मन्दिर निर्माण, भजन मण्डली हल, अखण्ड होम मन्दिर , चारैतिर कलात्मक पर्खाल र प्रवेशद्धार निर्माण गरेका छन् । जुन अध्यात्मिक व्यक्तिहरुलाई मात्र नभई प्राकृतिक उपासकहरुलाई समेत आकर्षित गर्ने मनोरनम स्थान बनेको छ ।
हस्तान्तरण कार्यक्रममा पुुगेका नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्वर १ का क्षेत्रिय सभापति पारिश्वर ढकालले भने–‘ यो वृन्दावन गुल्मीमा पहिलो हो । जुन धाममा आराधान गर्न भारतिय हिन्दुधर्म लम्वीहरु समेत अवस्य आउने छन र यहाँको पर्यटन विकासमा समेत टेवा मिल्ने अपेक्षा गरेका छौं ।’ रुद्रवेणी वृद्धआश्रमका अध्यक्ष समेत रहेका ढकालले थपे –‘डोलराजले विदेशमा पसिना बगाएर समाज सेवाको क्षेत्रमा खेलेको भुमिका जति चर्चा गरे पनि कम हुन्छ । ’
कार्यक्रममा स्याङ्गजाका समाजसेवी पुण्य भुसाल, छविलाल भुसाल , गुल्मीका पत्रकार जगदिश भट्टराई लगायतले पनि धन्यवाद मन्तव्य राखेका थिए । उक्त धाममा सुर्यचन्द्र रहे सम्म ननिभ्ने गरी अखण्ड ध्वनी प्रज्वलित गर्न सुरु गरिएको छ । अखण्ड होम सुरु भए देखि त्यहाँ धार्मिक मानिसहरुको भिड बढ्दै गएको धाम व्यवस्थापन समितिले बताएको छ ।
उनले हर्मीचौर उ.मा.वि.लाई पनि एक लाख रुपैयाँ चन्दा प्रदान गरेका छन् । त्यस्तै हर्मीचौर ५ मा रहेको गणेश मन्दिर निर्माणका लागि पनि ४० हजार सहयोग गरेका थिए । वृन्दावन धाम उद्घाटन कार्यक्रममा समाज सेवी पाण्डेलाई वाजगाजा ,भजन कृतन सहित स्थानियले वजार परिक्रम गराएर सम्मान प्रकट गरेका थिए ।
No comments: