"2513058968709111" /> जिल्ला बिकास समिति अन्तर्गत वामी तथा आसपासका क्षेत्रहरुमा सरसफाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला बिकास समिति अन्तर्गत वामी तथा आसपासका क्षेत्रहरुमा सरसफाई ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
जिल्ला बिकास समिति बाताबरण उर्जा तथा जलबायु परिबर्तन शाखा गुल्मीको आयोजनामा आज वामी बजार तथा आसपासका क्षेत्रहरुमा सरसफाई गरिएको छ । वामी गाबिसलाई फोहोर मैला ब्यबस्थापन तथा सरसफाई अभियान भन्ने मुल नारा सहित शाखाले गाबिसमा यस्तो सरसफाई अभियान सञ्चालन गरेको हो । कार्यक्रममा जिल्ला बिकास समिति गुल्मीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत भक्तिराम मरासीनी, उर्जा तथा बातारबण अधिकृत चिरञ्जिवी भट्टराईले सरसफाईको बारेमा बिभिन्न श्रब्य, दृश्य सामाग्रीहरु प्रस्तुत गर्नुभएको थियो । अभियानमा ना सु भिमसेना थापा, तपन पाण्डे लगायत वामी तथा अर्लाङ्कोट गाबिसका गाबिस सचिब, सुरक्षाकर्मी, उद्योग बाणिज्य संघ वामी, नागरीक समाज, युबा समाजसेबी, पत्रकार, महिला, ब्यापारी, राजनितिक दलका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो । सरसफाई अभियानमा वामी बजार वडा नम्बर १ पल्टार हुँदै, बजार परिसर वरीपरी, चोक गल्ली लगायतका स्थानहरुमा भएका फोहोर जन्य बस्तुहरुलाई ब्यबस्थापन गरिएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.