"2513058968709111" /> खज्र्याङ्ग चारपाला देखि शन्तिपुर सम्मको सडक कालोपत्रे हुने, १३ करोड भन्दा बढि रकम छुट्टाईयो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

खज्र्याङ्ग चारपाला देखि शन्तिपुर सम्मको सडक कालोपत्रे हुने, १३ करोड भन्दा बढि रकम छुट्टाईयो ।।

प्रेम सुनार, गुल्मी ।।
वहुवर्षिय योजना अन्तरगत गुल्मीको खज्र्याङ्ग चारपाला, गौडाकोट, जुभुङ्ग , मजुवा  देखि शान्तिपुर सम्मको सडक अव छिट्टै फराकिलो र  कालोपत्रे समेत हुने भएको छ । त्यसका लागि आजै अर्थ मन्त्रालयबाट १३ करोड ४ लाख रुपैयाँ विनियोजन भएको नेपाली कांग्रेस
गुल्मीका जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए ।
उनले भने –‘ देशका २ सय ४० निर्वाचन क्षेत्र मध्ये यति ठुलो रकम गुल्मीको उक्त सडकलाई पर्नु हामी सवै गुल्मेलीका लागि गौरवको कुरा हो , यो रकम पार्नमा क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीले गरेको पहल प्रति हामी उहाँलाई धन्यवाद दिन चाहन्छौं । ’
शालझण्डी तम्घास फस्ट्रयाक सडक आयोजना अन्तरगत यो रकम परेको हो  ? भन्ने विषयमा जिज्ञाषा राख्दा नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका सांसद भण्डारी भने –‘होईन यो अलग रकम हो । ‘पटौतीबाट खज्र्याङ्ग सम्म आए पछि त्यहाँबाट विभिन्न स्थानमा जाने बाटाहरु बन्दै छन् । एउटा सडक रिडी हुँदै जान्छ । अर्को भटुका दिगाम हर्दिनेटा बलेटक्सार उल्लीखोला सडक विस्तारका ललागि एक महिना अघि १० करोड रुपैयाँ विनियोजन भई सकेको छ’– भण्डारी भने–‘ यो १३ करोड रकमले खज्र्याङ्ग देखि शान्तिपुर सम्मको सडक ८ मिटर फाराकीलो पार्नका लागि हो ।’


उनका अनुसार पहिलो चरणको यो रकमले उक्त सडक चौडा पार्ने काम गरिने छ र  दोश्रो चरणमा  कालोपत्रे गर्नका लागि रकम छुटाउने शैद्धान्तिक सहमती मन्त्रालय संग भई सकेको छ । अव तत्काल तम्घास सिमिलटारी पुर्कोटदह प्युठान सडक परियोजनाले टेण्डर आव्हान गरेर काम सुरु गर्ने  त्यस रकम विनियोजनको पहलका  लागि अर्थ मन्त्रालयमा पुगेका कांग्रेस सचिव पन्थीले जानकारी दिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.