"2513058968709111" /> नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसको बैठक सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसको बैठक सम्पन्न ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसको नियमित बैठक सम्पन्न भएको छ । बेठकले आउँदै गरेको नया बर्ष लाई भब्य रुपमा स्वागत गर्ने निर्णय गरेको छ । साथै बैठकले दिबा समहुका बिद्यार्थीहरुको दिवा समुह गठन गर्ने, मुल इकाई समितिको परिचय पत्र बनाउने लगायतका पनि निर्णयहरु गरेको छ । उक्त बैठकले मुल ईकाई समितिको सदस्यमा निरु केसी र डिलाराम घिमिरेलाई चयन गनर्दै, समितिको साँस्कृतिक समितिको पनि गठन गरिएको छ । चार जना सदस्यको रहेको समितिको संयोजकमा सागर पोखरेल रहनुभएको छ भने सदस्यहरुमा मिना नगरकोटी, बन्दना केसी र कोपिला खत्री रहनुभएको छ । रेसुङ्गा बहुमुखी क्याम्पसको परिबर्तनको लागी नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले संङ्घर्ण गर्दे आइरहेको बताएको छ । मुल समितिका सभापति अर्जून पोखरेलको सभापतित्व रहकेो बैठकमा नेपाल बिद्यार्थी संघका जिल्ला सभापति सुदर्शन खनालको प्रमुृख आतिथ्यता रहेको थियो । भने जिल्ला उपसभापति झबिन्द्र पाण्डे, सदस्यहरु राम प्रसाद पन्थी, सिजन रानाको बिशेष उपस्थिती रहेको थियो । बैठकको सहजरीकरण सचिब रोशन सिँह ठकुरीले गर्नुभएको थियो भने सहसचिब बिक्रम घिमिरेको सञ्चालनमा सोही बैठक सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले नेपाली काङ्ग्रेसको भातृ संगठन बलियो भएमा मात्र सिङ्गो काङ्ग्रेस बलियो हुने भन्दै यस समितिले नमुना काम गर्नेमा आफु आशाबादी भएको बताउनुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.