आमालाई बचाउन मजदुरी गरेका बालकको कमाई अन्ततः आमाकै किरिया खर्चमा
प्रेम सुनार
गुल्मी – रुखबाट लडेर गत भदौदेखि थला परेकी आमालाई उपचार खर्च जुटाउनका लागि १३ वर्षको उमेरमा भारतमा जुठा भाँडा माझ्न पुगेका गुल्मी उर्लेनीका एक बालकको कमाई अन्ततः आमाको किरिया खर्चमा खर्चिनुपरेको छ ।

रातै दिन मलाई बचाउ…बचाउ….भन्दै थातै दिसा पिसाव हुँदै विस्तारामा लडेकी आमालाई उपचार खर्च जुटाउन सक्छु कि भनेर कक्षा पाँचमा पढ्दा–पढ्दै दिल्ली पुगेको थिए । त्यहाँ गएको चार महिनामा ७ हजार जति बचाएको थिए । त्यही पैसा पठाउन लागेको बेला आमाको मृत्यु भयो भन्ने खबर पाएर हुत्तिदैँ घर आएर किरिया बसेको छु’ – उर्लेनीका १३ वर्षीय बालक विशाल तङनामीले गहभरी आँशु पार्दै भने– ‘आखिर आमालाई बचाउन बचाएको त्यही कमाई यसै किरिया खर्चमा लगाउँदैछु ।’

गत भदौमा रुखबाट लडेर थातै दिशा विशाव हुँदै जीवनको दुहाई मागेकी रेसुङ्गा नगरपालिका –१४ अन्तरगत दुविचौरको उर्लेनी गाउँकी ३० वर्षीया हिमा तङनामी विशालकी आमा थिईन् । उनलाई उपचार गर्ने खर्च जुटाउन नसकेको चोटमा उनका बाबु कृष्णबहादुरले विष सेवन गरे । बाबुले विष सेवन गरेपछि विशाल छिमेकीसँग ऋण मागेर दिल्लीको कोरालवागमा पुगेर एक घरमा घरेलु कामदारको नोकरी पाएका थिए ।
‘त्यहाँ चार हजार तलब थियो, आमालाई वीर अस्पतालमा भर्ना गरिएको छ, रातोपाटीमा समाचार छापिएपछि उपचार खर्च पनि जुटेको छ भन्ने सुनेर अब त आमालाई बचाउन सकिने भयो भनेर खुशी हुँदै थप रकम मैले पठाउन लागेको बेला यस्तो खबर सुनेर रुदै घर आएँको हँ’– विशालले भक्कानिदैँ भने ।
यता विष सेवन गरेर आत्माहत्या गर्न चाहेका बाबु कृष्णबहादुरलाई छिमेकीले अस्पताल लगेर बचाएपनि उनको अहिले मानसिक सन्तुलन बिग्रेर बर्वराउँदै बसेका छन् । छिमेकी सरस्वती बस्नेतले भनिन्– ‘के गर्ने हेरविचार गर्ला भन्ने बाबु अर्ध पागल भएर कोठामा राखिएको छ, यी साना नानी बाबुहरुको अहिले त झन ठूलो बिचल्ली भएको छ ।’
रातोपाटीमा उनीहरुको विचल्लीको खबर प्रकाशित भएपछि झण्डै डेढ लाख रुपैयाँ सहयोग जुटेको थियो । डाक्टरले सुधार हुँदै छ भनेका पनि थिए । तर, अप्रेशन गर्ने बेलामा उनको आन्द्रा नै कुहेर सडेकोले उपचार सम्भव नभई उनको ७ दिनअघि मृत्यु भयो– मृतकका जेठाजु नरबहादुरले भने ।
‘उपचार गर्ने खर्च नपुगेर होइन, प्रशस्तै सहयोग जुट्यो त्यसका लागि हामी सबै सहयोगदातप्रति आभारी छौं । तर उनलाई बेलैमा उपचार गर्न नसक्दा बचाउन भने सकिएन’ नरबहादुरले भने– ‘के गरुँ मेरो पनि केहि छैन् मजदुरीको भरमा छोराछोरी पालेको छु, यो भाई र यी लालबालाहरुको विचल्ली हुनेभयो ।’
ती दुवै भाई सानैदेखि उर्लेनीको ढुङ्गाखानीमा ढुङ्गा फोरेर जिवीका गर्दै आएका परिवार हुन् । उनीहरुको सम्पत्तीका नाममा बाँसले बारेको झुपडी बाहेक खुर्सानी लगाउने ठाउँ समेत छैन् । यो कुरा रातोपाटीमा पढेपछि काभ्रे जिल्ला घर भई अमेरिकाको न्युयोर्कमा कार्यरत अर्जुन मैनालीले डेढदेखि दुई लाखसम्मको जग्गा खरिद गरीदिने घोषणा गरेका छन् । उनले त्यसका लागि यहाँस्थित उनका परिचित पत्रकार घनश्याम गौतममार्फत रकम समेत पठाईसकेको पत्रकार गौतमले जानकारी दिए ।
‘त्यति भए त यी नावालकहरुलाई ठूलो कल्याण हुनेभयो’ वडा नागरिक मञ्चकी संयोजक एवं त्यो परिवारको संरक्षकका रुपमा रहँदै आएकी खिमा बस्नेतले भनिन्– ‘सहयोगदाता मैनाली र रातोपाटी परिवारप्रति हामी सबै गाउँवासी आभारी छौं ।’
कुनोमा बसेका १३ वर्षीय विशालले भने– ‘त्यति जग्गा भए त दिल्ली पनि जाने थिएन् यहि बसेर खेतीपाती गर्दै यी वहिनीहरु पाल्ने थिए ।’ टिलपिल्ल आँखा पार्दै उनको छेउमा बसेकी ९ वर्षीया वहिनी पुष्पा र ६ वर्षीय विष्णुले घरमा खान दिने कोही नभएपछि स्कुल जान छाडेको बताए । उनका बाबुको मानसिक सन्तुलन ठिक नभएका कारण उनीहरुको विचल्ली हुने भएको छ । अब त्यो घरको जिम्मेवारी तिनै १३ वर्षीय विशालको काँधमा रहेको छ ।

No comments: