"2513058968709111" /> कफी खेती सम्वन्धि अन्तरक्रिर्या कार्यक्रम ।। - अनिश शर्मा गैरे
Breaking News
recent

कफी खेती सम्वन्धि अन्तरक्रिर्या कार्यक्रम ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
माघ ०३ गते ।।
शारदा बिद्या मन्दिर माबि वामी मैदान गुल्मीमा कफी खेती सम्वन्धि बिषयमा बिद्यार्थी, शिक्षक, तथा कफी कार्यालयका कर्मचारीहरु बिच एक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयमा गठित कफी बिभागको आयोजनामा यस बर्ष बिद्यालयले शुरु गरेको कफी खेती लाई सफल पार्नको लागी यस खालको प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरिएको हो ।
 बिद्यार्थीहरुको सक्रियतामा लगाइएका ४०० काफिका बिरुवालाई सुरक्षा गर्न तथा बिद्यालयले कफि बाट सफलता हासिल गर्नको लागी चाल्नुपर्ने बिषयका बारेमा कफि बिकास केन्द्रका निमित्त कार्यालय प्रमुख कमल दिन खानले स्पष्ट पार्नुभएको थियो । अन्तक्रिर्या पश्चात सहभागी बिद्यार्थीहरुद्धारा कफी खेतीको बारेमा थप उत्साह बढेको बताएको बिद्यालयका कफी बिभागका संयोजक तथा बिद्यालयका शिक्षक रामकृष्ण कंडेलले जानकारी दिनुभयो । बिद्यालयले कफी बिभाग नै गठन गरी ब्यबसायिक रुपमा कफी खेती शुरु गरेको छ । जुन कार्य गुल्मी जिल्लामै पहिलो भएको र बिद्यालयलाई कफी बिकास केन्द्रद्धारा सक्दो ठुलो सहयोग हुने उक्त कार्यक्रमका प्रशिक्षक तथा कफी बिकास केन्द्रका निमित्त प्रमुख खानले बताउनुभएको थियो । कार्यक्रम बिद्यालयका कफि बिभागका संयोजक रामकृष्ण कंडेलको सभापतित्व, बिद्यालयका निमित्त प्रद्यानाध्यापक चिरञ्जिवी शाक्यको बिशेष आतिथ्यता तथा कफी बिभागका सदस्य तथा शिक्षक भिमसेन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.