"2513058968709111" /> वामी गाबिसमा सिँचाइको सुबिधा हुने - अनिश शर्मा गैरे
Breaking News
recent

वामी गाबिसमा सिँचाइको सुबिधा हुने

दरमखोला–वामी लिफ्ट सिँचाई आयोजनाले गाबिसलाई सिँचाइयुक्त बनाउने 
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
माघ ०३ गते ।।
वामी गाबिसलाई सिँचाईयुक्त बनाउने एक परियोजना कार्यान्वयनमा आउने भएको छ । दरमखोला–वामी लिफ्ट सिँचाई आयोजनाद्धारा वामी गाबिस सिँचाई युक्त हुने भएको हो । वामीको उच्च स्थान वडा नम्बर ४ भलेकामा पानी जम्मा गरी त्यस क्षेत्र भन्दा मुनी पर्ने वडा नम्बर १, २, ३, ६ र ९ को करिब ३ हजार रोपनी जग्गालाई बाह्रै महिना सिँचाई पुर्याउने उद्धेश्यका साथ परियोजनाको काम शुरु हुन लागेको हो । नेपाल सरकार सिँचाई मन्त्रालयद्धारा आबश्यक कार्य पुरा गर्नको लागी तोक आदेश भइसकेको हुनाले सरकारको तर्फबाट पनि आबश्यक सहयोग हुने परियोजनाका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो । परियोजना सम्पन्न गर्नको लागी प्रति रोपनी २५ रुपैया संकलन कार्य अगाडी बढिरहेको छ । ने योजना सम्पन्न गर्न करिब ५ करोड लागत लाग्ने समितिले अनुमान गरेको र ईन्जिनियर सहितको टोलीले सर्भे गर्ने कार्य भने बाँकी रहेको परियोजनाका सचिब खगेश्वर सापकोटाले जानकारी दिनुभयो । यस सिँचाईले वामी गाबिसलाई कृषि मय बनाउन निकै ठुलो पुग्नेछ । स्थानीयहरुका अनुसार परियोजना कार्यान्वयनमा आउने भनिएपछि उनीहरुलाई निकै खुशी बनाएकोृ छ । परियोजनाले गाबिसमा कृषिका कार्यक्रमहरु थपिदै जाने र गाबिस ब्यबस्थित तथा हरियाली बन्ने समेत बिश्वास गरिएको छ । अबको निकट समयमै परियोजनाको सर्भे हुने र काम शरु हुने बताईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.