बुद्धभुमि कपिलवस्तुको भेला तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कुमार अविरल पन्थी, कतार ।
कतारमा हालै स्थापना गरिएको बुद्धभुमि कपिलवस्तु सेवा समाजले जिल्ला भेला तथा परिचयात्मक कार्यक्रम गत शुक्रवार भव्यताका साथ सम्पन्न गरेको छ । दोहा स्थित टपफर्म रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष केशव खनालको सभापतित्व रहेको थियो । कार्यक्रममा नेपालको संविधानसभा निर्वाचन कपिलवस्तु क्षेत्र न. २ का प्रत्यक्ष प्रत्यासी डा.अजिजुर रहमान शेख प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा विभिन्न पेशा, व्यवसाय र रोजगारिको शिलशिलामा कतारलाई कर्मभुमी बनाउदै आउनु भएका कपिलवस्तु बासी तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । व्यानर अनावरण, दिप प्रज्वलन, राष्ट्रिय गान तथा राष्ट्रभक्त वीर शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण सहित शुरु गरिएको थियो । कार्यक्रममा युवा सँयोजक खगेश्वर गैरेले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए।
समाजका वरिष्ठ उपाध्यक्ष दिपक पौडेलले प्राचीन सभ्यताको गरिमामय जिल्ला कपिलवस्तुको परिचय गराउदै संस्थाको उद्देश्य र भावि रणनिति बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेखले कपिलवस्तुको समग्र विकासका लागी प्रवास बाट भएपनि युवाहरुको योगदान हुनु पर्ने र हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो । संस्थाका सल्लाहकार तथा सास्कृतिक संयोजक क्षितिज किरण गैरेले कार्यक्रमलाई संगीतमय बनाउदै उपस्थित सम्पूर्णलाई मनोरंजन प्रदान गर्नु भएको थियो ।
कार्यक्रमलाई समापन गर्दै अध्यक्ष तथा सभापति खनालले राजनैतिक नेतृत्वका गलत कदमहरुलाई खबरदारी गर्नुको साटो उनिहरुका सबैखाले भ्रामक भाषण बाजिमा ताली पिट्ने हाम्रो संस्कारले गर्दा नेपाल र नेपाली समुदाय समृद्ध नभई ढुंगेयुगतिर पश्चगामी भैरहेको अवस्थामा हामी युवा शक्ति आफै सचेतक भएर समाज सेवा, विकास र समाज कल्याणका लागि साङगठनिक रुपमा एक्यवद्धतात्मक तरिकाले प्रवासबाटै शसक्त हुनुपर्ने र अहिलेको हाम्रो जर्जरता भित्र रहेको सिङ्गो समुदायलाई राहतको मलहम लगाइदिनुपर्छ भन्ने शान्ति प्रिय सन्देश कपिलवस्तुबाट गोलबद्ध हुँदै सबै सामु पुराउने प्रतिबद्धताका लागि अपिल गर्दै नया सोचका साथ अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । कार्यक्रम सस्थाका महासचिव बेदुराम भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।
No comments: