"2513058968709111" /> वामी तथा वडागाँउ जोड्नको लागी जोड्ने पुल निर्माण हुने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामी तथा वडागाँउ जोड्नको लागी जोड्ने पुल निर्माण हुने ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष २७ गते ।।
वामी गाबिस तथा बडागाँउ गाबिस जोड्नको लागी आकाशे पुल निर्माण हुने भएको छ । क्रियाशिल राजनितिक दल, समाजसेबी, बुद्धिजिवी, शिक्षाप्रेमी लगायतको उपस्थिीमा आकाशे पुल निर्माणको लागी आज ईन्जिनिएर सहित सर्भेक्षण गरिएको छ । वामी ३ परुवाबाट बडागाँउ गाबिसको तोलादी जोड्नको लागी गत आर्थिक बर्षको ईलाका परिषदल योजना छनौट गरेको थियो । बडागाँउ तथा वामी गाबिसमा आवातजावत गर्नको लागी नकै लामो बाटो हिड्नुपर्ने बाध्यतालाई चिर्दै यस्तो पुल बन्न लागेको हो । वामी परुवामा बन्न लागेको ५० शैयाको अस्पतालको नजिकैबाट यस्तो पुल बन्ने भएपछि स्थानीयहरुमा झन उत्साह थपिएको छ । वामी बजार सम्म नै पुल निर्माण गरेमा अझै प्रभाबकारी हुने भनिएपनि त्यस्तो हुन नसकेको हो । पुल निर्माण भएपछि किनमेल गर्न आवातजावत गर्ने स्थानीय, बिद्यार्थी लगायतलाई निकै सहज हुने छ । पुल निर्माणको लागी जग्गाधनीहरु संग पनि छलफल पनि भईसकेको स्थानीय बुद्धिजिवि अग्निधर लोहनीले जानकारी दिनुभयो । 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.