"2513058968709111" /> महेन्द्र आदर्श उमाबि वामीको ५७ औ बार्षिकोत्सब कार्यक्रमउद्घाटन - अनिश शर्मा गैरे
Breaking News
recent

महेन्द्र आदर्श उमाबि वामीको ५७ औ बार्षिकोत्सब कार्यक्रमउद्घाटन

माबि तहमै बिद्यालय जिल्ला प्रथम भएको भएको भन्दै सहायक जिल्ला शिक्षा अधिकारीद्धारा खुशी ब्यक्त ।।
अनिश शमौ गैरे, वामी गुल्मी ।। 
पौष २९ गते ।।
महेन्द्र आदर्श उमाबि वामीको ५७ औ बार्षिकोत्सब कार्यक्रमको आज औपचारीक रुपमा समुद्घाटन गरिएको छ । कार्यक्रमको सहायक जिल्ला शिक्षा अधिकारी राम प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी पाण्डेले माबि तहमै बिद्यालय जिल्लला मै उत्कृष्टता हासिल गर्न सकेको भन्दै बिद्यालयमा शिक्षाको गुणस्तर बृद्धिमा अझै सक्रिय हुन आग्रह गर्नुभएको थियो । श्रोत केन्द्रकै नेतृत्व दायी बिद्यालय भएको हुनाले यस क्षेत्रको शैक्षिक क्षेत्रमा बिद्यालयको पनि उत्तिकै हात रहने बताउनुभयो । साथै शिक्षाको गुणस्तरबाट बिद्यालयले जिल्लामै छुट्टै स्थान कमाएको बताउनुभयो । कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक जीवन खनालले पनि बिद्यालयको शैक्षिक क्षेत्र उत्कृष्ट भएको भन्दै प्रशँसा ब्यक्त गर्नुभयो । २६ गतेबाट शुरु भएको कार्यक्रम अन्तर्गत आज ओपचारीक रुपमा सम्पन्न गर्ने भनिएपनि बिबिध प्रतियोगीतात्मक कार्यक्रम तथा पुरस्कार बितरण कार्यक्रम बाँकी रहेको हुँदा कार्यक्रम भोली सम्मका लागी सरेको छ । आज अन्तर श्रोत केन्द्र स्तरीय बक्तृत्वलकला प्रतियोगीता सम्पन्न भएको छ । प्रंतियोगीतामा जनज्योती माबि पौदी अमराईकी प्रशँसा पौडेल प्रथम, महेन्द्र आदर्श उमाबि वामीका बिश्वानाथ खरेल द्धितिय, त्रिभुवन उमाबि कुर्घाका बिद्यार्थी तिर्सना गाह तथा शारदा बिद्या मन्दिर माबि वामी मैदान तृतिय भएका छन भने सीतापुर उमाबि अर्लाङ्कोट सान्त्वना भएका छन । त्यस्ते गरी अन्तर सदनात्मक लोक गीत नृत्यु प्रस्तुत भएको थियो भने बिद्यालयको फुलोस फलोस भन्ने नारा सहित प्रभात फेरी गर्दैे वामीटक्सार परिक्रमा गरिएको थियो । सरस्वतीको फोटोमा माल्यार्णपण गरिनुका साथै स्वर्गीय बिद्यालयका चन्दादाता, पुर्ब शिक्षक, ब्यबस्थापन समिति पुर्ब पदाधिकारी लगायत सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । बिद्यालयमा उत्कृष्ट शिक्षण गर्ने शिक्षक तथा काम गर्ने कर्मचारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, बिद्यालय ब्यबस्थापन समितिका बर्तमान तथा पुर्ब पदाधिकारीहरु, शिक्षक अभिभाबहक संघका बर्तमान ताथ पुर्ब पदाधिकारीहरु, बिभिन्न संघ संस्था तथा राजनितिकि दलका प्रमुख तथा प्रतिनिधिहरु, चन्दादाता, शिक्षाप्रेमी, बुद्धिजिवी, समाजसेबी, शिक्षक अभिभाबहक, बिद्यार्थी, पत्रकार, सुरक्षाकर्मी  लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बिद्यालयका प्राचार्य भिमलाल सापकोटाले १ करोड, ५८ लाख ९९ हजार २ सय १३ रुपैया बराबरको आर्थिक बिबरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ब्यबस्थापन समितिबाट तेजेन्द्र जिसी, शिक्षक टिकारम खराल तथा बिद्यँर्थी सन्ध्या अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो र बिद्यार्थीहरु द्धारा स्वागत गीता गाएर सबैलाई स्वागत गरिएको थियो । बिद्याय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक द्धोय बुद्धि प्रसाद शर्मा, धनपति खरेल तथा बिद्यार्थी बिबेक काफ्लेले गर्नुभएको थियो । कार्यक्रम भोली सम्म सञ्चालन हुने छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.