अपाङ्गले पनि सपाङ्ग सारी काम गर्न सक्छन भन्ने उद्धेश्य सहित गुल्मीको एक अपाङ्ग मैत्री संस्थाद्धारा अभियान शुरु
अनिश शर्मा गैरे वामी गुल्मी ।।
पौष १९ गते ।।
अपाङ्गले पनि सपाङ्ग सारी काम गर्न सक्छन त्यसैले उनीहरुलाई प्रोत्साहन गरौ भन्ने उद्धेश्य सहित गुल्मीको एक अपाङ्ग मैत्री संस्थाले अभियान शुरु गरेको छ । पाकृतिक रुपमा अपाङ्ग भएर जन्मदैमा गाँउ, समाज र सिङ्गो देशले नै उनीहरुलाई उपेक्षा गरेको भन्दै गुल्मीको नवप्रतिभा अपाङ्ग संघले यस्तो अभियान शुरु गरेको हो । अभियानकै क्रममा संघको एक टोली सचेतना जगाउन भन्दै गाँउ गाँउ डुलिरहेको छ । यसैचिब अभियानकै क्रममा आज सोही टोलीले वामीमा रहेको मालीका ईंग्लिस बोर्डिङ् सकेन्डरी स्कुलमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । स्कुलका फर्मर प्रिन्सिपल बिमल सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको अवसरमा संघका जिल्ला अध्यक्ष तथा केन्द्रिय समन्वय समितिका सहसचिब सुरेश बहादुर खत्रीले आफुहरुले शुरु गरेको यस अभियानको उद्धेश्यभ नेको अपाङ्गहरुको उद्धार गर्नु भएको बताउनुभयो । समाजमा अपाङ्ग हुनकै कारण हेपिएकाहरुलाई एक धारमा ल्याउने र समाजमा उनीहरु प्रति रहेको नराम्रो ब्यबहार तथा भ्रम चिर्नु आबश्यक रहेका बताउनुभयो । जस्ले अपाङ्गहलाई हेल ागर्ने अथवा उपेक्षा गरेको छ त्यो ब्यक्तिलाई मानव भन्न नसकिने बताउनुभयो । अध्यक्ष खत्रीले वामीमा अपाङ्ग मैत्री बाटो तथा बिद्यालयहरु नभएकोमा दुखेसो पोख्नुभयो । अपाङ्गहरुमा सपाङ्गले गर्ने जस्तै क्षमता हुने तर बाहिर ल्याउनको लागी ब्यक्ति, समाज र देशनै लाग्नुपर्ने उहाँको भनाई छ । यस्को लागी बिद्यार्थीहरुको ठुलो भुमिका हुने भएकले यस अभियानमा आफुहरुलाई सहयोग गर्न सम्पुर्ण शिक्षक तथा बिद्यार्थीहरु आग्रह गर्नुभयो । कार्यक्रममा प्मुख अतिथि सापकोटाले अपाङ्ग हुनु भनेको पाप नभएको बताउँदै उनीहरुको सम्मानमा गरिएको यस अभियानलाई राष्ट्रभरी फैलाउनु पर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन संघका जिल्ला सदस्य रुद्र बहादुर पोखरेलले गर्नुभएको थियो । त्यसैगरी सोही संस्थाले वामीको महेन्द्र आदर्श उमाबिमा पनि कार्यक्रम सम्पनन गरेको छ । कार्यक्रममा बिद्यालयका प्राचार्य भिमलाल सापकोटाको प्रमुख आतिथ्यता रहेका थियो । संस्थाले यस अगाडी गुल्मीको कुर्घा, आँपचौर, तुराङ्ग, रुपाकोट, गौडाकोट, तथा रेसुङ्गा नगरपालीकामा यस्ता किसीमका अभियानहरु सञ्चालन गरिसकेको र आगामी दिनमा अन्य क्षेत्रमा यस्तै कार्यक्रमहरु गरिदै जाने बताईएको छ । यस्ता अभियानहरु गर्दे बिभिन्न क्षेत्रहरुमा आफ्नो संगठन बिस्तार गराउने र अपाङ्गहरुको क्षेत्रमा आएको बजेट सही सदुपयोग गर्ने पनि आफ्नो उद्धेश्य भएको अध्यक्ष खत्रीले बताउनुभयो ।
No comments: