"2513058968709111" /> प्रहरी चौकी वामीको एक समुहद्धारा निरिक्षण, स्थानीयहरुद्धारा ईलाका प्रहरी कार्यालय बनाउन माग ।। - अनिश शर्मा गैरे
Breaking News
recent

प्रहरी चौकी वामीको एक समुहद्धारा निरिक्षण, स्थानीयहरुद्धारा ईलाका प्रहरी कार्यालय बनाउन माग ।।

अनिश गैरे, वामी गुल्मी ।। 
मँसिर २३ गते ।। 
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमृुख रबिन्द्र रेग्मी लगायतको समुहले आज प्रहरी चौकी वामीको अनुगमन गरेको छ । अनुगमन कार्यक्रममा उद्योग बाणिज्य संघ वामी शाखाका अध्यक्ष सुदर्शन शाक्य, काङ्ग्रेस ईलाका नम्बर ९ का सदस्यहरु द्धोय दिनेश खाती, महेश श्रेष्ठ, नेकपा एमालेका गाबिस अध्यक्ष गोपिकृष्ण खरेल, राष्ट्रिय जनमोर्चाका मोहनलाल श्रेष्ठ, नेकपा एमाओबादीका बसन्त कार्की, रुद्राबति बहुमुखी क्याम्पसका संस्थापक सदस्य कृष्ण प्रसाद सापकोटा, रेडक्रस वामीका सभापति डिलाराम खरेल, रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री, कार्यक्रम प्रमुख कौरब खत्री, गाबिस सहायक उज्जवल खत्री लगायतको समुहले सोही अवलोकन गरेको छ । अनुगमन तथा निरिक्षणको क्रममा उपस्थितहरुले वामीमा ईलाका प्रहरी कार्यालयको आबश्यकता भएको हुँदा “क” अन्तर्गतको ईलाका प्रहरी कार्यालय बनाउन माग गरेका थिए । त्यसैगरी जनशक्ति पनि पर्याप्त गराउन माग गरेका थिए । 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.