"2513058968709111" /> देशको अअिलेको समस्यामा बिद्यार्थीहरु गम्भिर हुनुपर्छ : आचार्य - अनिश शर्मा गैरे
Breaking News
recent

देशको अअिलेको समस्यामा बिद्यार्थीहरु गम्भिर हुनुपर्छ : आचार्य

अनिश गैरे, वामी गुल्मी ।। 
मँसिर २३ गते ।। 
रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा नेपाल बिद्यार्थी संघको ईकाई समिति गठन गरिएको छ । बिद्यार्थी भावना पाण्डेको सभापतित्व रहेको कार्यक्रममा ने.बि.संघ जिल्ला सहसचिब बिष्णु प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । भने जिल्ला सदस्यहरु सिजन राना, राम प्रसाद आचार्य, छात्रा संघ सभापति पार्वती केसी, बिद्यार्थी रोशन सिँह ठकुरी, अर्जुन पोखरेल, बिक्रम घिमिरे, लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमले बिद्यार्थी सन्तोष महतको सभापतित्वमा ४६ सदस्यीय समितिको गठन गरिएको छ । जस्को उपसभापतिमा ईन्दिरा कुवँर र बन्दना क्षेत्री रहनुभएको छ भने बिमला भण्डारी कोषाध्यक्ष, सहकोषाध्यक्षमा बिमला थापा, सचिबमा अनिता आले, सहसचिबमा सबिन केसी लगायत अन्य सस्दयहरु रहनुभएको छ ।
बिद्यार्थी पुनराम घिमिरेको स्वागत रहेको कार्यक्रमको सञ्चालन सुनिता रायमाझीले गर्नुभएको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले तराई मधेसमा भईरहेको आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीको बिषयमा बिद्यार्थीहरुले गम्भिर ध्यानाकर्षण गर्नुपर्ने बताउनुभएको थियो । त्यसैगरी बिद्यार्थीहरुलाई आफुमा भएका प्रतिभाहरुलाई स्वतन्त्र रुपले देखाउन, नेबिसंघले ईतिहास देखी अहिले सम्म हरेक पटक नेतृत्व लिई समस्याको समाधान तर्फ उन्मुख भएको जानकराी दिनुभभएको थियो भने संघलाई बलिायो बनाउन समय समयमा प्रशिक्षणको आबश्यकता रहेको बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.