"2513058968709111" /> नेपाल बिद्यार्थी संघ रुद्राबति बहुमुखी क्याम्पसको आयोजनामा वामीमा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल बिद्यार्थी संघ रुद्राबति बहुमुखी क्याम्पसको आयोजनामा वामीमा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

कार्यक्रमकै अवसरमा ईकाई समितिको पुनर्गठन ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष ११ गते ।।


नेपाल बिद्यार्थी संघ रुद्राबति बहुमुखी क्याम्पसको आयोजनामा वामीमा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हिजो बाट शुरु भएको कार्यक्रममा हिजो खुल्ला तथा बन्द सत्रको कार्यक्रम सम्पन्न गरिएको थियो भने आज बन्द सत्र अन्तर्गत बिभिन्न ब्यक्तित्वहरुबाट प्रशिक्षण दिईएको छ । आज भएको कार्यक्रममा नेपाल बिद्यार्थी संघ रुद्राबति बहुमुखी क्याम्पस ईकाई समसिति सभापति चन्दा कार्कीको सभापतित्व रहेको थियो भने नेपाली काङ्गेस गुल्मी जिल्ला सचिब बिष्णु बलालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी नेपाली काङ्ग्रेस जिल्ला सचिब छन्द पहराई, महिला संघ जिल्ला सभापति बिष्णु सापकोटा, नेपाली काङ्ग्रेस महा समिति सदस्य बिष्णु पन्थी, महाधिबेशन प्रतिनिधि महेन्द्र भण्डारी, शिक्षक युनियन गुल्मीका अध्यक्ष भिमलाल सापकोटा, महेन्द्र आदशै उमाबि वामीका सहायक प्राचार्य तथा रोष्टर प्रशिक्षक टिकारम खराल लगायतको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचिब बिष्णु बलालले नेपालको सबिंधान २०७२ का बिशेषतामा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै गरी नेपाली काङ्ग्रेस जिल्ला सचिब छन्द पहराईले नेपाली काङ्ग्रेसको ईतिहास र अन्य पार्टीहरु बिच यस पार्टीका सिद्धान्तहरु को फरक, नेपाल बिद्यार्थी संघ पुर्व सहमहामन्त्री बिष्णु पन्थीले नेतृत्व बिकास, महिला संघ जिल्ला सभापति बिष्णु सापकोटाले महिला शसक्तिकरण तथा महाधिबेशन प्रतिनिधि महेन्द्र भण्डारीले नेपाल बिद्यार्थी संघका ईतिहास देखी बर्तमान सम्मका गतिबिधिहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला उपसभापति झबिन्द्र पाण्डे, सचिब निर्मला पन्थी, सदस्य द्धोय राम प्रसाद आचार्य, सिजन राना, सामुदायिक रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । हिजो नेपाली काङ्ग्रेस जिल्ला सभापति चन्द्र केसीले कार्यक्रमको उघाटन गर्नुभएको थियो भने नेपाल बिद्यार्थी संघ पुर्ब केन्द्रिय सदस्य हिमाल दत्त श्रेष्ठले प्रमुख प्रशिक्षणको रुपमा प्रशिक्षण दिनुभएको थियो । हिजो र आजको कार्यक्रमको सञ्चालन नेपाm बिद्यार्थी संघ जिल्ला सहसचिब तथा कार्यक्रमका संयोजक चकित बिष्णु प्रसाद आचार्यले गर्नुभएको थियो ।यसैबिच आजै कार्यक्रमको अवसरमा नेपाल बिद्यार्थी संघ रुद्राबति बहुमुखी क्याम्पसमा रिक्त रहेको ईकाई समितिको पदाधिकारीहरुको पदपुर्ति तथा नया कार्य समिितको चयन गरिएको छ । जस्को सभापतिमा तुल्सीराम खरेल रहुनभएको छ भने उपसभापतिमा ईन्दिरा सापकोटा, सचिबमा अनिश गैरे, सहसचिबमा शारदा श्रेष्ठ, कोषाध्यक्षमा श्रृङ्खला बौद्धाचार्य, सहकोषाध्यक्षमा डिल बहादुर राना लगायत अन्य सदस्यहरु रहनुभएको छ । सदस्यहरुमा बिनता ढकाल, सोनिसा भण्डारी, अर्चना बोहोरा, अस्मिता सापकोटा, मिनु सापकोटा र बिष्णु खराल रहनुभएको छ । त्यसैगरी आज सम्म ईकाई समिति सभापति रहनुभएकी चन्दा कार्कीलाई जिल्ला कार्य समतिलिे क्याम्पस प्रतिनिधिको रुपमा चयन गरेको छ । कार्यक्रममा वामी, मुसीकोट, कुर्घा, बाग्लुङ् दगातुम्डाडा लगायतका स्थानहरुबाट बिद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.