वामी तथा तुराङ मजुवा श्रोत केन्द्रहरुमा प्रअहरुको बैठक सम्पन्न ।।
अनिश गेरे, वामी गुल्मी ।।
पौष १२ गते ।।
वामी श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरु बिचका प्रद्यानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । श्रोत केन्द्र भवनमा सम्पन्न भएको बैठकमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त ५५ बुँदे निर्देशन हरुको बारेमा श्रोत ब्यक्तिले जानकारी गराउनुभएको थियो । त्यस्तैगरी बिद्यालयहरुका शैक्षिक गुणस्तर बृद्धि, कक्षा ८ र ५ का बिद्यार्थीहरुको तथ्याङ्क संकलन, बिद्यालय सरसफाई लगायतका बिषयमा पनि छलफल भएको थियो । त्यसैगरी जिल्ला शिक्षा कार्यालयद्धारा प्रदान गरिएका भौतिक बितरण सम्बन्धमा पनि बिशेष छलफल भएको श्रोत ब्यक्ति देबिराम शर्माले जानकारी दिनुभयो । श्रोत केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता रहेको कार्यक्रममा महेन्द्र आदर्श उमाबि वामीका प्राचार्य भिमलाल सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुबा ३० जना प्रद्यानाध्यापकहरुको सहभागीता रहेको बैठकको सञ्चालन श्रोत ब्यक्ति देबिराम शर्माले गर्नुभएको थियो । यस्तै तुराङ् मजुवा श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुका प्रद्यानाध्यापकहरुको बैठक पनि सम्पन्न भएको छ । सोही बैठकमा पनि जिल्ला शिक्षा कार्यालयहरुबाट प्राप्त ५५ बुँदे निर्देशनका बिषयमा श्रोत ब्यक्ति टंकनाथ भण्डारीले जानकारी गराउनुभएको थियो । त्यसैगरी बिद्यालयहरुका शैक्षिक गुणस्तर बृद्धि, सरसफाई, खानेपानी ब्यबस्थापन लगायतका बिषयमा पनि छलफल भएको श्रोत ब्यक्ति भण्डारीले बताउनुभयो ।
बैठकमा ज्ञानोदय उमाबिका प्राचार्य लक्ष्मी भण्डारीको अध्यक्षता रहेको थियो भने बिद्यालय निरिक्षक जीवन खनालको प्रमुख आतिथ्यता रहेको थियो । श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुबा २८ जना प्रद्यानाध्यापकहरुको सहभागीता रहेको बैठकको सञ्चालन श्रोत ब्यक्ति टंकनाथ भण्डारीले गर्नुभएको थियो ।

No comments: