"2513058968709111" /> बिलिभर्स चर्च वामीद्धारा बिपन्न तथा अशक्त परिबारलाई ३५ थान ब्लाङ्केट बितरण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बिलिभर्स चर्च वामीद्धारा बिपन्न तथा अशक्त परिबारलाई ३५ थान ब्लाङ्केट बितरण ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष १२ गते ।।
विलिभस चर्च वामीले क्रिसमस डेको अवसर पारेर वामीमा क्रिसमस उपहार स्वरुप जाडोबाट बच्नको लागी राहात पुग्ने बिश्वासका साथ ब्लाङ्केट बितरण गरेको छ । कठ्याङग्रिने जाडोको समयमा येशु ख्रिस्टको जन्मोत्सबको अवसर पारी वामी तथा आसपासका बिपन्न परिवार, एकल महिला, अपाङ्ग, अशक्त, द्वन्दव पिडीत, बृद्ध, अनाथ लगायतलाई गरी ३५ परिवारलाई ब्लाङ्केट बितरण गरिएको हो । चर्चका पास्टर राम कुमार प्रजाको अध्यक्षता रहेको कार्यक्रममा बिलिभर्स चर्च पोखराका सचिब धन बहादुर तामाङ्को प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा वडा नागरीक मञ्च वडा नम्बर १ का संयोजक गोपिकृष्ण खरेल, नेपाली काङ्ग्रेसका पुर्ब सभापति योगेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका वामी अध्यक्ष मोहनलाल श्रेष्ठ, उद्योग बाणिज्य संघ वामी शाखाका अध्यक्ष सुदर्शन शाक्य, नेपाल रेडक्रस सोसाईटी वामी उपशाखा सभापति डिलाराम खरेल, परोपरका बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष धर्मेन्द्र कुमार मल्ल, लक्ष्मीनारायण प्राबि वामी १ की प्राद्यानाध्यापक सरिता कक्षापति, वामीटक्सार युवा क्लब्का सचिब मेघ प्रसाद श्रेष्ठ, रेडियो पुष्पाञ्जलीका समाचार सहायक अनिश गैरे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा वडा नागरीक मञ्चका संयोजक खरेल, उद्योग बाणिज्य संघ वामी शाखाका अध्यक्ष शाक्य, राष्ट्रिय जनमोर्चा अध्यक्ष श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्दे बिलिभर्स चर्चले देशका बिभिन्न क्षेत्रहरुमा परोपकारी काम गरेकोमा धन्यबाद ब्यक्त गर्दे यस वामी तथा आसपासका क्षेत्रहरुमा पनि यस्तै कार्यहरु सञ्चालन गर्न आग्रह गर्नुभएको थियो । 
त्यसैगरी जाडाको समयमा प्रदान गरिएको यस ब्लाङ्केटले न्यानोको आभास हुने बताउनुभएको थियो । बिलिभर्स चर्चले देशका बिभिन्न क्षेत्रहरुमा सामुदायिक बिकास कार्यक्रम अन्तर्गत बिना शुल्क ट्युसन पढाउने ब्यबस्था मिलाउनुका साथै बिलिभर्स ईङ्गलीस स्कुल, खानेपानीको लागी जिसस वेल तथा सिलाईकटाईका लागी बिभिन्न तालीमहरु समेत सञ्चालन गर्दे आएको एल्डर पुस्तकलाल श्रेष्ठले जानकारी दिनुभयो । जाडो मौसममा गरीव तथा असहाय अपाँग ब्यातिmलाई चिसोबाट बच्नका लागि चर्जको सहयोगमा उतm कम्बल बितरण गरीएको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन एल्डर पुस्तकलाल श्रेष्ठले गर्नुभएको थियो ।
यसैबिच बाग्लुङ जिल्लाको बुर्तिबाङमा रहेको बिलीभर्ज चर्जले त्रिस्मष्ट डे को अबसरमा शनिबार मात्रै बुर्तिबाङ लगाएत आसपासका गाविसका ३५ जना गरीब, अपाँग, असहाय ब्यातिmलाई कम्बल बितरण गरेको थियो ।
तत्कालीन समयमा मानिसमा गरिने अन्याय, अत्याचार तथा विभेदबाट उनीहरूलाई मुक्ति दिलाउन यशु आफैँले क्रुसमा चढेको भनाइ छ । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएसँगै क्रिसमसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.