शोक सभा सम्पन्न ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष १५ गते ।।
नेपाली काङ्ग्रेस मुसीकोट गाँउ कार्य समितिको आयोजनामा शोक सभा सम्पन्न गरिएको छ । नेपाली काङ्ग्रेस गाँउ कार्य समिति मुसीकेटका निबर्तमान उपसभापति ईश्वरी प्रसाद पखेरेलको ९ औ दिनको पुण्यतिथिको अवसरमा मुसीकोट वडा नम्बर २ चौर मा शोक सभा सम्पन्न गरिएको हो । गाँउ समिति मुसीकोटका सभापति अर्जुन सिँह ठकुरीको सभापतित्व रहेको शोक सभा कार्यक्रममा नेपाली काङ्ग्रेस ईलाका नम्बर ९ का संयोजक सुदर्शन शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शोक मन्तब्य ब्यक्त गर्दे प्रमुख अतिथि श्रेष्ठले मृतक पोखरेलको निधनले मुसीकोटले एक सच्चा अभिभाबहक गुमाएको तथा पार्टीमा पनि ठुलो क्षती भएको बताउनुभएको छ । त्यसैगरी उहाँले पार्टीमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोमा सबै हिड्नुपर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा मन्तब्य ब्यक्त गर्दे बिशिष्ट अतिथि नेपाली काङ्ग्रेसका ईलाका नम्बर ९ सदस्य, गाँउ कार्य समितिका सचिब तेज बहादुर महत र नेपाल शिक्षक संघ मुसीकोटका पुर्ब अध्यक्ष रामचन्द्र घिमिरेले दिबगंत आत्माको चिर शान्ति र बैकुण्ठ बासको कामना गर्नुभएको थियो । कार्यक्रममा नेपाल तरुण दल गासिब अध्यक्ष दिपक महत, पार्टीका क्रियाशिल सदस्य जनक बहादुर खत्री, नेपाल शिक्षक संघका क्षेत्रीय सदस्य गणेश बहादुर खत्री लगायत पार्टीका भातृ संगठन, क्रियाशिल सदस्य तथा पार्टी प्रेमीहरुको सहभागीता रहेको थियो भने गाँउ कार्य समितिका सहसचिब ।ीराम पोखरेलले शोक पत्र बाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियनका केन्द्रिय पार्सद कौरब खत्रीले गर्नुभएको थियो । मृतकका ईश्वरीको ८३ बर्षको उमेरमा गत पौष ७ गते निधन भएको थियो ।

No comments: