शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष १५ गते ।।
शारदा बिद्या मन्दिर माबि वामी मैदानका कक्षा १० का बिद्यार्थीहरुले शैक्षिक भ्रमण सम्पन्न गरेका छन । कक्षा १० का २५ जना शिक्षकहरु तथा बिद्यालयका ५ शिक्षकहरुको सहभागीतामा शैक्षिक भ्रमण गरिएको हो । गत पौष १२ गतेबाट शुरु भएको भ्रमणको क्रममा बाग्लुङको कालीका मन्दिर, पर्वतमा रहेको नेपालकै अग्लो पुल, अलपेश्वर गुफा, कास्कीको सराङ्कोट, डेभिस फल्स, फेवा ताल, महेन्द्र गुफा, अन्तराष्ट्रिय पर्वतारोहण सङ्ग्रालय, लुम्बिनी, बुटवल महोत्सब, लगायत गरी तनहु, चितवन, नवलपरासी, रुपन्देही लगायतका रमणीय क्षेत्रहरुको अवलोकन गरिएको बिद्यालयका शिक्षक रामकृष्ण कंडेलले जानकारी दिनुभयो । अवलोकन भ्रमणका क्रममा देखिएका कुराहरुलाई बिद्यार्थीहरुलाई मौखिक तथा लिखित रुपमा प्रस्तुत गर्न लगाईएको छ ।
यस्ता भ्रमण कार्यक्रमहरुले बिद्यार्थीहरुमा देखेर सिक्ने शिक्षाको बिकास सँगै शैक्षिक स्तर उकास्नको लागी निकै सहयागी हुने बताउने गरिन्छ ।

No comments: