"2513058968709111" /> महेन्द्र आदर्श उमाबि वामीमा नेपाल बिद्यार्थी संघको ईकाई समिति गठन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

महेन्द्र आदर्श उमाबि वामीमा नेपाल बिद्यार्थी संघको ईकाई समिति गठन ।।

अनुशासन, नैतिकता तथा मिहेनतले मात्रै बिद्यार्थीहरु सफलता प्राप्त गर्न सक्छन : शाक्य 

अनिश शर्मा गैरे, वामी गुल्मी । 
पौष ०९ गते ।।
महेन्द्र आदर्श उमाबि वामीमा नेपाल बिद्यार्थी संघको ईकाई समिति गठन गरिएको छ । बिद्यालयका नेपाल बिदार्थी संघ सभापति प्रकाश घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस ईलाका नम्बर ९ का संयोजक सुदर्शन शाक्यको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल बिद्यार्थी संघ जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्यको बिशेष आतिथ्यता रहेको थियो । भने ईकाई समिति पुर्व सभापति चिन्तामणि चालीसे, त्रिभुवन उमाबि खर्बाङ् बाग्लुङ्का ईकाई समिति सभापति तुल्सीराम खरेलको आतिथ्यता रहेको थियो । कार्यक्रमले कक्षा ११ का बिद्यार्थी बिबेक काफ्लेको सभापतित्वमा २८ सदस्यीय ईकाई समितिको गठन गरिएको छ । जस्को उपसभापतिमा मुना काफ्ले, आजात जिसी, नविन लामीछाने, कोषाध्यक्षमा लक्ष्मी पोखरेल, नरमाया सापकोटा तथा उषा मल्ल, सचिबमा जगत अधिकारी, नवराज केसी तथा सहसचिबमा बिष्णु पोखरेल, नवराज केसी, कमला काफ्ले रहनुभएको छ ।
त्यस्तै गरी सदस्यहरुमा कबिता शर्मा, आकाश खत्री, मनिता सिँह ठकुरी, अमृता काफ्ले, निरु घर्ती, बिन्दु कार्की, रोजीना जोशी, मिना काफ्ले, प्रतिमा खराल मोनीका काफ्ले, सरस्वती खराल, मनिसा रायमाझी, कमला थापा, कोपिला परियार, सुस्मा केसी, र अस्मिता केसी रहनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस ईलाका नम्बर ९ का संयोजक शाक्यले उच्च ब्यक्तित्वहरुलाई ठुलो रुख संग तुलना गर्दे रुख ठुलो बन्न जति समय लाग्छ मानिस ठुलो बन्न पनि त्यत्तिनैै समय, परिश्रम तथा ईमान्दारीता आबश्यक पर्ने बताउनुभएको छ । ने्पाल बिद्यार्थी संघ बिद्यार्थीहरुको हक हितका लागी जन्मिएको र सम्पुर्ण आन्दोलनहरु बिद्यार्थीहरुको सहयोग बाटै निर्णायक बनेको बताउनुभयो । देश तथा नेपालीहरुको गरिबीको कुरा गर्दे उहाँले अल्छी प्रबृतिले गर्दा नै यस्तो समस्या उत्पन्न भएको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले बिद्यार्थीहरु नैतिक, अनुशासित, ईमान्दार, मेहनती, बनेमा मात्र सफलतामा प्राप्त हुन्छ भन्नुभयो । त्यस्तै गरी कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्य, महेन्द्र आदर्श उमाबि ईकाई समिति पुर्व सभापति चिन्तामणि चालीसे लगायतले मन्तब्य ब्यक्त गर्दे खुकरीले केही पनि गर्न नसकिने बताउदै कलमको राजनितिबाट मात्रै सबै कुरा सम्भब भएको बताउनुभयो । एक बिद्यार्थीमा दुख पर्दा अर्काे बिद्यार्थीमा सहयोगको भावनमा आएमा मात्र बिदार्थी एकता भन्नुको सार्थकता भएको बताउनुभयो । त्रिभुवन उमाबि खर्बाङ्का नेपाल बिद्याथीं संघ पुर्व सभापति तुल्सीराम खरेलले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने नेपाल बिद्यार्थीर्, संघ महेन्द्र आदर्श उमाबि वामी ईकाई समिति सचिब अनिश शर्मा गैरेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नवगठित समितिले प्रमुख अतिथिबाट सपथ खाएक थिए भने भोली बाट रुद्राबति बहुमुखी क्याम्पसमा शुरु हुने २ दिने प्रशिक्षणमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.