"2513058968709111" /> नेपाली काङ्ग्रेसको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न । - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काङ्ग्रेसको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न ।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
नेपाली काङ्ग्रेस वामी गाँउ समितिको आयोजनामा वाम्ी ७ सनकौलमा शोक सभा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसका सक्रिय सदस्य वामी ७ सनकौल निबासी हरिलाल सापकोटाको ७९ बर्ष बर्षको उमेरमा भएको दुखद निधनले आफ्नो पार्टी दुखित भएको भन्दै शोक सभा सम्पन्न गरिएको हो । गाँउ समिति सभापति कृष्णहरी सापकोटाको सभापतित्व रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस ईलाका नम्बर ९ का संयोजक सुदर्शन शाक्यको प्रमुख आतिथ्यता रहेको थियो भने ईलाका नम्बर ९ सदस्य दिनेश खाती, तरुण दल अर्लाङ्कोटका अध्यक्ष हरि नारायण सापकोटा, पुर्ब वडा अध्यक्ष मेघनाथ खरेल, क्रियाशिल सदस्य द्धोय रुक्मागत खरेल, बेग प्रसाद खरेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस गाबिस उपसभापति भिमसेन केसीले समबेदना पत्र बाचन गरेर सुनाउनुभएको ईलाका नम्बर ९ सदस्य दिनेश खातीले जानकारी दिनुभयो । त्यस्तै नेपाली का«ङ्ग्रेस गाबिस सभापति सापकोटा तथा प्रमुख अतिथि शाक्यले स्वर्गीग सापकोटाको निधनले आफ््नो पार्टीलाई ठुलो क्षती पुगेको बताउदै दिबगंत आत्माको चिर शान्ति र बैकुण्ठ बासको कामना गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस गाबिस सचिब डिलाराम खरेलले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.