"2513058968709111" /> क्रिसमस डेको अवसरमा आज वामीमा बिशेष कार्यक्रम सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

क्रिसमस डेको अवसरमा आज वामीमा बिशेष कार्यक्रम सम्पन्न ।।

अनिश शर्मा गैरे वामी गुल्मी ।।
पौष १० गते ।।
वामीमा रहेको बिलिभर्स चर्चमा एक बिशेष कार्यक्रम सहति येशु ख्रिस्टको जन्मोत्सब मनाईएको छ । पास्टर राम कुमार प्रजाको अध्यक्षता रहेको कार्यक्रममा व्डा नागरीक मञ्च १ का संयोजक गोपिकृष्ण खरेलको बिशिष्ट आतिथ्यतान रहेको थियो ।  कार्यक्रममा बिशिष्ट अतिथि खरेल, एनेकपा माओबादीका कृष्ण प्रसाद काफ्ले, जनमोर्चा वामीका अध्यक्ष मोहनलाल श्रेष्ठ, लक्ष्मी नारुायण महिला कृष्ण्ी सहकारीका सचिब यमुना घिमिरे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एल्डर पुस्तकलाल श्रेष्ठले गर्नुभएको थियो । कार्यक्तममा स्थानीय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । डिसेम्बरमा २५ अर्थात क्रिसमस डे एक आपसमा शुभकामना साटासाट गरेर नेपालसहित विश्वभरका इसाइ धर्मावलम्वीहरुले मनाउने गरेका छन् । तत्कालीन समयमा मानिसमा गरिने अन्याय, अत्याचार तथा विभेदबाट उनीहरूलाई मुक्ति दिलाउन यशु आफैँले क्रुसमा चढेको भनाइ छ । प्रत्येक वर्ष डिसेम्बर २५ मा उहाँको स्मरणमा इसाई धर्मावलम्बीले शुद्ध हृदयदेखि नै उहाँको प्रशंसा तथा प्रार्थना गरी अङ्गुरको जुस (दासरस) पिउने र केक काट्ने परम्परा छ । नेपालमा भने नेपाली इसाई धर्मावलम्बीले यशुको सम्झना गर्दै विभिन्न चर्चमा गई त्यहाँ हुने महोत्सव तथा कार्यक्रममा रमाइलो गर्ने र नेपाली संस्कृतिअनुसार विभिन्न रोटी, पकवान, माछा मासु, पुलाउलगायत खानेकुरा खाने गर्छन् । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएसँगै क्रिसमसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.