"2513058968709111" /> स्थायि निति निर्माणमा सञ्चारको भुमिका महत्वपुर्ण - अनिश शर्मा गैरे
Breaking News
recent

स्थायि निति निर्माणमा सञ्चारको भुमिका महत्वपुर्ण

कृष्ण कँडेल/गलकोट, मंसिर २५
गलकोट क्षेत्रका राजनैतिक अगुवाहरुले स्थानिय निति निर्माण र विकासमा सञ्चार मध्यमले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने वताएका छन् । गलकोट सुचना तथा सञ्चार सहकारीले स्थानिय निति निर्माण र विकाशमा सञ्चारको भुमिका विषयमा गलकोटका राजनैतिक अगुवासँग आज गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा नेपाली काग्रश जिल्ला कार्य समिति सदस्य फमबहादुर खत्रीले गलकोट एफएमले प्रसारण गर्ने समाचार तथा कार्यक्रममा गलकोटको साझा धारणा आत्मसथ हुने गरेको वताउनुभयो । उहाँले सवैभन्दा राम्रो पक्ष राजनैतिक, समाजिक र सास्ंकृतिक रुपमा सन्तुलित सामग्री प्रसारण हुने गरेको तर्क गनुभयो । नेकपा एमाले गलकोट विशेष ईलाका समिति संयोजक वुलबहादुर केसीले गलकोटलाई सुचनाको अन्धकारबाट जोगाउन सञ्चार माध्यमलाई बचाउनुपर्ने बताउनुभयो । केसीले लक्षित बजेटबाट सञ्चालन हुने कार्यक्रमको बरेमा निग्रानी बढाउनुपर्ने बताउनुभयो ।
त्यस्तै एकिकृति नेकपा माओवादी हटिया गाउँ पार्टि अध्यक्ष चित्र सहनीले स्थानिय संघ सस्थाले गर्ने कार्यक्रमको प्रचार प्रसार र निगरानीमा सञ्चारले भुमिका खेल्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका जिल्ला समिति सदस्य नेत्र वुढाथोकीले गविस सचिव र दलका नेतालाई सचेत गराउने खालका कार्यक्रम गर्नुपर्ने भन्दै उनिहरु सचेत नहुँदा गाविसहरु न्युनतम सर्तमापनमा फेल हुने गरेको बताउनुृभयो । कार्यक्रममा गलकोट सुचना तथा सञ्चार सहकारीका सञ्चार समिति सदस्य तथा गलकोट एफएमका स्टेसन म्यानेजर कृष्ण कँडेलले स्थानिय निति निर्माण र विकाशमा सञ्चार माध्यमको भुमिका विषयमा आधार पत्र प्रस्तुत गर्नुभएको थियो । सहकारीका उपाध्यक्ष गुमासिंह बुढाथोकीले संस्थागत अवधारण राख्नुभएको थियो । सहकारीका सञ्चालक समिति सदस्य हर्कबहादुर पाण्डेले गाविसको बजेट र कार्यक्रममा सञ्चारलाई समेट्न राजनैतिक अगुवालाई आग्रह गर्नुभएको थियो । कार्यक्रमाम गलकोट क्षेत्रका राजनैतिक अगुवाहरुको सहभागीता रहेको सहकारीका प्रवन्ध निर्देशक गणेश खत्रीले जानकारी दिनुभएको छ । सहकारीले गलकोट र आसपासको क्षेत्रमा सुचनाको पहुँच विस्तार गरि नागरिकलाई सु–सुचित गर्ने उदेश्यले २०६७ सालदेखि गलकोटपत्र साप्ताहिक र २०६८ सालदेखि सामुदायिक रेडियो सञ्चालन गर्दै आएको छ । स्थानिय शुसासन, निति निर्माण, विकाश निर्माण लगायतमा सञ्चार माध्यमको भुमिकाको विषयमा अन्तरक्रिया गरिएको सहकारीका अध्यक्ष राजबहादुर थापाले जानकारी दिनुभएको छ । रेडियो र पत्रिकाले गलकोटका १२ ओटा गाविसलाई मुख्य प्राथमिकतामा राखेर समाचार तथा कार्यक्रम प्रकाशन प्रसारण गर्दै आएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.