निभुवन उमाबि कुर्घालाई भुपु बिद्यार्थीद्धारा सभाहल निर्माणको लागी १० लाख बढि सहयोग प्रदान ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
कुर्घा ५ भुवाचिदीमा रहेको त्रिभुवन उमाबिलाई बिद्यालयको सभासहल बनाउनको लागी रु १० लाख भन्दा बढि सहयोग प्राप्त भएको छ । केही बर्ष पहिला कुर्घा ४ मा बसोबास गर्नुभएका तर हाल नारायणगढ घर भई बेल्जियममा रहनुभएका भुपु बिद्यार्थी घनश्याम शर्माले आफ्नी ममतामयी माता डिलादेबी शर्माको नाममा १० लाख ५१ हजार सहयोग गर्नुभएको हो । बिद्यालयको ४९ औ बार्षिकोत्सब मनाईरहँदा उहाँले कार्यक्रमको अवसरमा यस्तो सहयोग प्रदान गर्नुभएको हो । यस्तै जापानमा कार्यरत कुर्घाबासीहरुको समुह कुर्घा समाजसेबा जापानका प्रतिनिधि बुद्ध बहादुर रायमाझीले समितिबाट संकलित ४ लाख रुपिया पनि बिद्यालयलाई प्रदान गर्नुभएको छ । बिद्यालयमा ई लाईब्रेरीको स्थापनाको समितिले सोही सहयोग बिद्यालयलाई प्रदान गर्ने बताएको थियो । साथै उहाँले बार्षिकोत्सब कार्यक्रमकै अवसरमा समितिले प्रदान गरेको रकमले बनेको ई लाईब्रेरीको आज उद्ध्घाटन समेत गर्नुभएको छ । त्यसैगरी बिद्यालयमा नबनिर्मित बिज्ञान प्रयागशाला, खानेपानी ट्याङ्कीको समेत समुद्घाटन समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्लाका सहायक जिल्ला शिक्षा अधिकारी राम प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो । यस्तैगरी कुर्घा ५ भुवाचिदीमा रहेको पौवाको जग्गा बिद्यालयलाई प्रदान गर्नुभएका दामोदर गिरी लगायत उहाँको गीरी परिबारको नाम लिखीत शिलालेखको अनाबरण समेत गरिएको बिद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । गत मँिसर २३ गतेबाट शुरु भएको बिद्यालयको ४९ औ बार्षिकोत्सब कार्यक्रम आज भब्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रमको अवसरमा बिद्यालयका सहयोग दाता, चन्दादाता लगायतलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । बार्षिकोत्सबको अन्तिम दिनको आजको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खड्क बहादुर खड्काको सभापतित्व रहेको थियो भने सहायक जिल्ला शिक्षा अधिकारी पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो त्यसैगरी बिद्यालय निरिक्षक जिवन खनाल, बरिष्ठ चन्दादाता घनश्याम शर्मा, शर्माकी माता डिलादेबी शर्मा, टिकाराम शर्मा, धर्मपत्नी नैना देबी शर्मा, भाई लेख नारायण शर्मा, कुर्घा सेबा समाज जापानका प्रतिनिधि बुद्ध बहादुर रायमाझी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, मजुवा श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारी लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी बिद्यालयका बरिष्ठ चन्दादाता, बिभिन्न बिद्यालयका प्रद्यानाध्यापक तथा प्राचार्यहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी पाण्डे, बिद्यालय निरिक्षक जीवन खनाल, नेपाल राष्ट्रिय श्क्षिक संगठन जिल्ला उपाध्यक्ष ज्ञानहरी सापकोटा, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । बिद्यालयको प्रतिबेदन प्रस्तुत गर्दे कार्यक्रमलाई मन्तब्य सहित बिद्यालयका प्राचार्य राम बहादुर थापाले स्वागत गर्नुभएको थियो भने सञ्चालन बिद्यालयका शिक्षक ददिराम शर्मा र सुकदेब रिजालले गर्नुभएको थियो । यसैबिच कार्यक्रमकै अवसरमा अन्तर माबि स्तरीय हाजिरी जवाफ प्रतियोगीतामा समेत सम्पन्न गरिएको छ । सात बिद्यालयहरुबाट सहभागीता रहेको प्रतियोगीतामा युनिक चिल्ड्रेन एकाडमी कुर्घा ५ भुवाचिदी प्रथम भएको छ भने महेन्द्र आदर्श उमाबि वामी द्धितिय, त्रिभुबन उमाबि कुर्घा तृतिय र नेपाल राष्ट्रिय उमाबि ईन्द्रगौडा सान्त्वना भएको समेत बिद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । हाजीरी जवाफ कार्यक्रमको सञ्चालन शिक्षक दिपक अर्यालले गर्नुभएको थियो । बार्षिकोत्सब कार्यक्रमकै अवसरमा आज एसएलसी परिक्षामा बिद्यालयबाट बिशिष्ट श्रेणी प्राप्त गर्ने २ बिद्यार्थीका अभिभाबहकहरुलाई सम्मन समेत गरिएको छ ।

No comments: