"2513058968709111" /> परिवार नियोजन गर्नेहरु घटे अस्थाई साधन प्रयोग कर्ताहरु बढे - अनिश शर्मा गैरे
Breaking News
recent

परिवार नियोजन गर्नेहरु घटे अस्थाई साधन प्रयोग कर्ताहरु बढे

‘वुढा नै घर छैनन त  के को परिवार नियोजन ?’भने 

प्रेम सुनार । 
गुल्मी १८ मँसिर 

यति वेला जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका ३ वटै क्षेत्रमा पुगेर परिवार नियोजन शिविर सञ्चालनमा जुटेको छ । हाल सम्म उसले सम्पन्न गरेको शिविरको विवरण हेर्ने हो भने परिवार  नियोजन गर्नेहरुको  सख्या ह्वात्तै घटेको छ । क्षेत्र नम्वर १ को शान्तिपुरमा सम्पन्न शिविरमा जम्मा १० जना महिलाहरुले मात्र परिवार नियोजन गरेका छन् । सोही क्षेत्रको पुर्तिघाटमा  जम्मा २ जनाले मात्र परिवार नियोजन गरेका छन् । क्षेत्रनम्वर २ को श्रृङ्गामाजम्मा ६ जनाले परिवार नियोजन गरेको वरिष्ठ जिल्ला जन स्वास्थ्य अधिकृत रामचन्द्र पाठकले जानकारी दिए । यसरी परिवार नियोजन गर्ने महिला पुरुषको सख्या घट्नुको प्रमुख कारण पुरुषहरु वैदेशिक रोजगारमा जानु रहेको,अर्को कारण अस्थाई साधन सहज रुपमा पाईने  र महिलाहरुले गोप्य रुपमा गर्भपतन गराउन पाउने अधिकार रहेको  पाठकको भनाई छ ।
   ‘केन्द्रले सय जनाको तार्गेट तोकेको छ ’ वरिष्ठ जनस्वास्थ्य अधिकृत पाठकले भने–‘अहिले सम्म जम्मा १८ जनाले परिवार नियोजन गरेका छन् अव क्षेत्र नम्वर ३ को सिमलटारीमा मंसिर २० गते र क्षेत्र नम्वर २ को तम्घासमा  २२ र २३ गते सञ्चालन गरिने शिविरमा खै कति जनाले गर्ने हुन् ।’ २०६१ सालमा यसै गुल्मीका  ३ वटै क्षेत्रमा परिवार नियोजन शिविरमा जुटेका त्यस कार्यालयका कर्मचारी कृष्ण प्रसाद श्रेष्ठ भन्छन–‘त्यति वेला केन्द्रले ६ सय जनाको तार्गेट दिन्थ्यो हामीले ५ सय जनाभन्दा बढिलाई परिवार नियोजन गर्ने गर्दथ्यौं तर अहिले स्थाई बन्ध्याकरण प्रतिधेरैले चासो लिन छाडेका छन् ।’यसरी एक दशक यता परिवार नियोजन गर्नेहरुको संख्या घट्दै जाँदा गत वर्ष  जम्मा सिङ्गो जिल्लाबाट २० जनाले परिवार नियोजन गरेको त्यस कार्यालयका परिवार नियोजन शाखा प्रमुख कृष्ण पन्थीले बताए । उनिपनि बैदेशिक रोजगारमा पुरुषहरुको संख्या बढ्दै जानु, अस्थाई साधान  सहज हुँदै जानु  र  महिलाहरुले गोप्य रुपमागर्व पतन गर्न पाउने कानुनी अधिकार हुनु  नै स्थाई बन्ध्याकरण गर्नेहरु घट्दै जानु प्रमुख कारण रहेको बताए । वरिष्ठ जनस्वास्थ्य अधिकृत पाठकका अनुसार कर्मचारी हरुको तलव भत्ता सहित एउटा शिविर सञ्चालनमा कम्तीमा पनि ५० हजार खर्च हुने गरेका छन् । शिविरमा सहभागी एक स्वास्थ्यकर्मीले भने –‘ हामीहरुले दिदी परिवार नियोजन गर्ने होईन भनेर सोध्धा धेरै जसो महिलाहरुले भने–‘ बुढो नै घर छैनन त के को परिवार नियोजन ? परिवार नियोजनमा कमी आउनुको अर्को कारण दम्पती विचमा आत्मा विश्वासको कमी र जनचेतना समेत नहुनु रहेको छ । जवकी गुल्मी दिव्रुङ्गको एक दलित परिवारका एउटै दम्पत्तीले मृत्यु भएका सहित १९ सन्तान जन्माएका छन् । त्यस भेगको दलित वस्तीमा ७ देखि १० जना सम्म सन्तान जन्माउनुलाई सामन्य मानिन्छ । त्यस्तै अवैध रुपमा भ्रुण हत्यागर्नेहरु पनि बढेका छन् । यहाँ सम्मकी ५० को नेटो काटेकी पराल्मी गाविसकी एकल महिलाले समेत अवैध सम्वन्धबाट सन्तान जन्माएर घाँटी निमोठेर हत्या गरेको अभियोगमा हालै पुर्पक्षका लागि कारागार चलान भएकी छिन् । जिल्लाका ग्रामिण भेगका सामन्य औषधी पसलमा समेत गर्वपतन गराउने औषधी छ्याप्छ्याप्ती पाउने गरेको छ । त्यस्तै गर्भ निरोधक औषधी र  सुई  तथा अस्थाई साधान पनि पाउन थाले पछि स्थाई बन्ध्याकरण अवास्यक नपर्ने गरेको  देखिएको छ । यसर्थ राज्यले त्यसका लागि ठाउँ ठाउँमा शिविर सञ्चालन गर्नुको साटो सदरमुकामको अस्पताल मै वर्षको एक चोटी राख्दा खर्च कम हुने स्पष्ट देखिन्छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.