सभासद भण्डारीको तलव भत्ता गरिब तथा पिछडिएका बालबालीकाहरुको हितमा
गौमती प्राबि वामीका बालबालीकाहरुलाई ४० हजार बराबरको सहयोग हस्तान्तरण ।।
अनिश गैरे, वामी गुल्मी ।।
मँसिर १७ गते ।।
गौमती प्राथामीक विधालय वामी १ बसेरीमा आज एक कार्यक्रमका बिच विधार्थीहरुलाई २० हजार बरावरको कापी बितरण गरिएको छ । गुल्मी क्षेत्र नम्बर २ का सभासद तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले त्यस बिद्यालयका बिद्यार्थीहरुलाई दिने भनेको सहयोग अन्र्तगत आज बितरण गरिएको हो ।

भने बिद्यार्थीहरुको खाजा खर्चको लागी २० हजार वरावर नगद पनि बिद्यालयकी प्रद्यानाध्यापक निर्माला देवि श्रेष्ठ लाई हस्तान्तरण गरिएको छ । सभासद भण्डारीले आफ्नो तलव भत्ता वाट जिल्लाका बिभिन्न बिद्यालयहरुका बिद्यार्थीहरु तथा समाजको लागी खर्चिने गरेको प्रतिबद्धता अनुसार सोही सहयोग हस्तान्तरण गरिएको हो ।

आफ्नो सानो सहयोगले त्यस क्षेत्रका बिद्यार्थीको भबिष्य उज्जवल हुने भन्दै सभासद भण्डारीले प्रदान गरेको ४० हजार बराबरको सहयोग बिद्यालयका ५० जना विद्याथीहरुको लागी हस्तान्तरण गरिएको हो । आज भएको सहयोग हस्तान्तरण कार्यक्रममा बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष लोक बहादुर कुमालको सभापतित्व रहेको थियो भने नेपाली काङग्रेस ईलाका न. ९ का संयोजक सुदर्शन शाक्यको प्रमुख अतिथ्यता रहेको थियो । रेडियो पुष्पाञ्जलीका प्रतिनिधि दिपक नेपाली, बिद्यालय व्यावस्थापन समिति संयोजक छविलाल कुमाल लगाएतको उपस्थीती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले यस बिद्यालयमा पिछडिएका कुमाल समुदायका बालबालीकाहरुको बाहुल्यता रहेको भन्दै सभासद भण्डारीको सहयोगले ती बिद्यार्थीहरुको भबिष्य उज्जवल हुने बताउनुभएको थियो । त्यसैगरी मन्तब्य ब्यक्त गर्दै कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काङग्रेस गाउ कार्य समिति वामीका सचिव डिलाराम खरेल, पुर्व सभापति योगेन्द्र कुमार श्रेष्ठ लगायतले पनि सभासद भण्डारी प्रति आभार ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका प्रद्यानाध्यापक निर्माला देवि श्रेष्ठले गर्नु भएको थियो ।

तस्विर :रेडियो पुष्पाञ्जलीका सहकर्मी दिपक नेपाली ।।

No comments: