"2513058968709111" /> नयाँ इकाई समिति गठन । - अनिश शर्मा गैरे
Breaking News
recent

नयाँ इकाई समिति गठन ।

अनिश गैरे, वामी गुल्मी ।। 



नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले सदरमुकाममा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा ११ को मानविकि संकायमा कक्षा ईकाई समिति गठन गरेको छ । सरोज खनालको संयोजकत्वमा ३६ सदस्यीय ईकाई समितिको गठन गरिएको हो । जस्को उप सभापतिमा तारा थापा, कृष्ण ज्ञावली, र जमुना मरासीनी रहनुभएको छ भने सचिबमा खिम बहादुर काउचा, सहिसचिबमा प्रदेश खनाल, तारा रायमाझी, शान्ता सुनार, कोषाध्यक्षमा दुर्गा बस्नेत, सहकोषाध्यक्षमा निज बहादुर बोहोरा, रहनुभएको भएको छ । कृष्ण मरासिनीको सभापति रहेको कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य सिजन रानाको प्रमुख आतिथ्यता रहेको थियो । भने क्याम्पसका नेपाल बिद्यार्थी संघका सदस्य अर्जुन पोखरेलको बिशेष तथा बिक्रम पन्थी र अनिता भण्डारीको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले सभ्य र समृद्ध समाजको आधार नै ब्यबहारीक शिक्षा भएको बताउनुभएको छ । गरिब मानिस आफै नभएका तर अरुले बनाएको बताउदै उहाँले देशको शैक्षिक तथा राजनैतिक ब्यबस्थाको सुदृढिकरण गर्नु अवको जिम्मेबारी भएको उल्लेख गर्नुभयो । कार्यक्रमको सञ्चालन बिक्रम घिमिरेले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.