"2513058968709111" /> आगमी २० र २१ गते हुने कार्यक्रमको लागी बभिन्न उपसमितिहरु गठन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आगमी २० र २१ गते हुने कार्यक्रमको लागी बभिन्न उपसमितिहरु गठन ।।


अनिश गैरे, वामी गुल्मी ।।

वामी विश्व सम्पर्क मञ्चको आयोजनामा आगामी मँसिर २० र २१ ग्ते हुन गईरहेको नौमती बाजा प्रतियोगीताको बिषयमा आज बिबिध छलफल तथा कार्य बिभाजन गरिएको छ । महेन्द्र आद्रर्श उच्च मावि वामीटक्सारमा शिक्षक, वुद्धिजीवी र व्यापारीहरु बिच भेलाले आज बिबिध छलफल तथा कार्य बिभाजनको लागी विभिन्न उपसंयोजक गठन गरिएको छ । मञ्चकी उपाध्यक्ष डिलाराम खरालको अध्यक्षतामा सम्पन्न भेलामा मञ्च समन्वय समितिका कोषाध्यक्ष बैकुण्ठ रायमाझीका बिशेष उपस्थिती रहेको थियो । भेलाले नवीन कक्षपतिको संयोजकत्वमा मञ्च ब्यबस्थापन उपसमिति, सुर्दशन शाक्यको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, मृगेन्द्र प्रसाद रिजालको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, महेश्वर घिमिरेको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ त्यसैगरी डिलाराम खरेलको संयोजकत्वमा सुरक्षा उपसमिति, सरोजराज बौद्धाचार्यको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, सर्मिस्ता शाक्यको संयोजकत्वमा ब्याज, माला, खानेपानी ब्यबस्थापन उपसमिति बुद्धि प्रसाद शर्माको संयोजकत्वमा कार्यक्रम सञ्चालन उपसमिति, र तेजेन्द्र जिसीको संयोजकत्वमा प्रबेश पास उपसमिति गठन गरिएको छ । भेला मञ्चका सचिब सरोजराज बौद्धाचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । मञ्चको आयोजनामा आगमी मँसिर २० र २१ गते बिबिध साँस्र्कतिक कार्यक्रम आयोजना हुँदैछ । जसमा नौमती बाजा प्रतियोगीता, दोहारी गीत प्रतियोगीता हुनुका साथै बिबिध साँकृतिक प्रस्तुती समेत रहने बताईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.