"2513058968709111" /> नेबिसंघको ईकाई समिति गठन । - अनिश शर्मा गैरे
Breaking News
recent

नेबिसंघको ईकाई समिति गठन ।

अनिश गैरे, प्रकाश घिमिरे, वामी गुल्मी ।।
नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीले आफ्नो संगठन बिस्तारको क्रममा रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा ११ को ब्यबस्थापन संकायमा ईकाई समिति गठन गरेको छ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले सदरमुकाम तम्घासमा रहेको क्याम्पसमा २४ सदस्यीय ईकाई समितिको गठन गरेको हो । जस्को सभापतिमा कृष्ण मरासीनी रहनुभएको छ भने उप सभापतिमा यमुना खत्री, र शोभा खनाल, सचिबमा विमल दर्लामी, तथा कोषाध्यक्षमा बासुदेब पौड्याल रहनुभएको छ । ईकाई समिति गठनको लागी आयोजना गरिएको कार्यक्रममा सुरेन्द्र कुवँरको सभापतित्व रहेको थियो भने पुर्व ईकाई समिति सभापति धर्मराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य द्धोय सिजन राना, राम प्रसाद पन्थी, अर्जुन पोखरेलले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम बिक्रम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.