बिद्यार्थीहरु भबिष्यको कर्णधार मात्र नभई बर्तमानका साझेदार : नेबिसंघ जिल्ला उपसभापति पाण्डे ।।
अनिश गैरे/प्रकाश घिमिरे, वामी गुल्मी ।।
नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीले आफ्नो संगठन बिस्तारको क्रममा रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा १२ को ब्यबस्थापन संकायमा ईकाई समिति गठन गरेको छ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले आज सदरमुकाम तम्घासमा रहेको क्याम्पसमा २१ सदस्यीय ईकाई समितिको गठन गरेको हो । जस्को सभापतिमा ईन्द्रमणि आचार्य रहनुभएको छ भने उप सभापतिमा रमेश पन्थी, अशोक मगर तथा कोषाध्यक्षमा शिबहरी पन्थी रहनुभएको छ । ईकाई समिति गठनको लागी आयोजना गरिएको कार्यक्रममा दिपेश मगरको सभापतित्व रहेको थियो भने नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिका उपसभापति झबिन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले बिद्यार्थी भबिष्यको कर्णधार मात्र नभएर बर्तमानको साझेदार पनि भएकाले समाज परिबर्तनमा बिद्यार्थीको अग्रणी भुमिका हुने बताउनुभएको छ । बिद्यार्थीहरु राजनिति गर्नको लागी मात्र यस क्षेत्रमा लाग्नु भन्दा पनि नेतृत्व बिकासमा आफुलाई डोहोर्याउनु पर्ने बताउनुभएको छ । त्यसैगरी उहाँँले आज गठित समितिले आफनो संगठनलाई थप बलियो बनाएको भन्दै सबैलाई बधाई तथा धन्यबाद ज्ञापन गर्नुभएको थियो । साथै उहाँँले “आज गठित समितिले जिल्लामै उदाहरणीय काम गरोस” भन्नु भयो । कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला सदस्यहरु द्धोय ऋषि राना, सिजन राना, लगायत नेपाल बिद्यार्थी संघ प्रति आस्थावान कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रम अर्जुन पोखरेलको मन्तब्य, सदस्य दिपक कुवँरको स्वागत मन्तब्य रहेको थियो भने बिक्रम घिमिरले सञ्चालन गर्नुभएको थियो ।
No comments: