"2513058968709111" /> पाँच दिनदेखी हराईरहेको मुगुका एकै घरका ४ बालबालीका गाडिएको अस्थामा फेला ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पाँच दिनदेखी हराईरहेको मुगुका एकै घरका ४ बालबालीका गाडिएको अस्थामा फेला ।।

मुगु १३ मँसिर ।
पाँच दिन अघिबाट हराएका मुगुको पश्चिम खत्याडा ह्याँग्लु गाविसका एकै घरका चार बालबालिका घर नजिकै गाडिएको अवश्थामा फेला परेका छन् ।
मंसिर ९ गतेदेखि चार जना बालबालिका हराएको भन्दै ती बालबालिकाका बुबाले सुकाढिक प्रहरी चौकिमा जाहेरी दिएका थिए ।
नन्द बहादुर रोकायाकी ९ वर्षकी छोरी सुन्तली रोकाया, ६ वर्षका छोरा युवराज रोकाया, ४ वर्षकी छोरी विपना रोकाया र २ वर्षका छोरा दिप रोकायाको शव गाँउ भन्दा एक सय मिटर टाढा बारीको आलीमा एकै खाल्डोमा गाडिएको अवस्थामा भेटिएको हो । शव भेटिएको क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका मुगुले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकि सुकाढिकबाट गएको प्रहरीले घटना स्थल नियन्त्रणमा लिएको तथा जिल्लाबाट पनि प्रहरी सहायक निरिक्षक सहित पाँच जनाको टोली घटना स्थल गइसकेको प्रहरीले जनाएको छ । मृतक बालबालिकाका बुवा नन्द रोकाया, आमा र हजुर आमालाई सोधपुछका लागी प्रहरीले  इलाका प्रहरी चौकी रातापानिमा ल्याएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.