पहिलो पटक गुल्मीको शान्ति समिति संयोजक पत्रकार
प्रेम सुनार
गुल्मी, पुष–५ । खाली दलका नेता मात्रै स्थानिय शान्ति समितिको संयोजक बन्दै आएको गुल्मीमा यसपाली भने एक जना पत्रकारले त्यो रेकर्ड तोडेर संयोजक बनेका छन् ।
आज सवै राजनैतिक दल सहभागी समितिको बैठकले पत्रकार जनर्दन घिमिरेलाई स्थानिय शान्ति समितिको संयोजकमा निर्वाचित गरेको हो । स्थापनाकाल २०६५ साल देखि नेपाल पत्रकार महासंघको अध्यक्ष शान्ति समितिको सदस्य बन्नु पर्ने प्रवधान अनुसार पत्रकार घिमिरे तत्कालिन महासंघका अध्यक्षका हैसियतले समितिमा रहेका थिए ।
आज बसेको बैठकले अव केहि नयाँ काम गरौं भन्ने सवै पुर्व संयोजक र पदाधिकारीहरुको राय अनुसार पत्रकार घिमिरेलाई संयोजक बनाईएको समितिको पुर्व संयोजक एमाओवादी प्रतिनिधी युवराज केसीले बताए । निर्वतमान संयोजक भिमप्रकाश थापाले पत्रकारहरुलाई शान्ति समितिको संयोजकको जिम्मेवारी दिदा आफुहरुलाई खुशी लागेको बताए ।

समितिका पुर्व संयोजक कांग्रेस प्रतिनिधी शालिक पन्थीले पनि गुल्मीमा मात्र होईन सम्भवत पश्चिम नेपाल मै पहिलो पटक स्थानिय शान्ति समितीको संयोजक पत्रकारलाई बनाउन पाएकोमा केहि नयाँ काम गरेको महशुस गरेको प्रतिकृया दिए ।
२०६५ देखि हाल सम्म पत्रकार, अन्य संघ संस्थाका प्रतिनिधीहरु किनाराका साँछी जस्तै हुने र दलका नेताहरु मात्रै ६÷ ६ महिनाका दरले पालैपालो संयोजक बन्ने चलन थियो । स्थानिय शान्ति समितको संस्थापक संयोजकका रुपमा नेकपा एमाले नेता कमलराज श्रेष्ठ थिए । त्यस पछि एमाओवादी नेता युवराज केसी संयोजक बने ।उनको कार्यकाल पछि कांग्रेस नेता शालिक पन्थी संयोजक रहे ।
उनि पछि राष्ट्रिय जनमोर्चाका नेता जीवन राना, उनि पछि नेकपा एमालेका टोमलाल पाण्डे, त्यस पछि नेकपा मालेकी निर्मला पाख्रेल र पछिल्लो चरण नेकपा एकिकृतका भिमप्रसाद थापा थिए । उनकै अध्यक्षतामा बसेको बैठकले सातौं संयोजकका रुपमा पत्रकार घिमिरेलाई संयोजक बनाएको हो ।
आजै निर्वतमान संयोजक थापाले शुभकामना मन्तव्य राख्दै पत्रकार घिमिरेलाई समितिको जिम्मेवारी हस्तान्तरण गरेका छन् । साथै आजैको बैठकले स्थानिय शान्ति समितको सुचना अधिकृतका रुपमा कम्युटर अपरेटर दुर्गा कुवँरलाई जिम्मेवारी दिएको छ ।
बैठकको सञ्चालन स्थानिय शान्ति समितिका कार्यालय सचिव नारायणबहादुर कुमालले गरेका थिए । नव निर्वाचित संयोजक पत्रकार घिमिरेले सवै दल र समितिका पदाधिकारीले दिएको जिम्मेवारी आफुले उहाँहरुकै सुझाव सल्लाह अनुसार निभाउने प्रतिवद्धता जाहेर गर्दै पत्रकारहरुलाई यसरी शान्ति समितीको िजिम्मेवारी दिएकोमा सवै प्रति आभार प्रकट गरे । उनि अन्य संघ संस्थामा पनि महत्वपुर्ण जिम्मेवारमा छन् ।
No comments: