"2513058968709111" /> गेल्डेन फ्युचर एकाडमी वामीमा बिशिष्टिकरण तालीका निर्माण सम्बन्धी एक दिने तालीम ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गेल्डेन फ्युचर एकाडमी वामीमा बिशिष्टिकरण तालीका निर्माण सम्बन्धी एक दिने तालीम ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
गोल्डेन फ्युचर एकाडमी वामीका शिक्षकहरुलाई परिक्षा सञ्चालन सम्बन्धी एक बिशेष प्रशिक्षण दिईएको छ । परिक्षा सञ्चालन गर्दा बिशिष्टिकरण तालीका अनुसार प्रश्नपत्र निर्माण तथा उत्तर कुञ्जिका निर्माण सम्बन्धमा अभिमुखीकरण प्रशिक्षण दिईएको बिद्यालयका शिक्षिका श्रृङ्खला बौद्धाचार्यले जानकारी दिनुभयो । उक्त बिषयमा एकाडमीका प्रद्यानाध्यापक रामु तिवारीको संयोजकत्वमा बिद्यालयका दक्ष तथा अनुभबी शिक्षकहरु द्धोय दुर्गा सापकोटा तथा हेमन्त घिमिरेले बिद्यालयमा शिक्षण गर्ने अन्य शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रममा १८ जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो । वामी श्रोत केन्द्रद्धारा सञ्चालन हुने आगमी परिक्षाहरुमा प्रश्नपत्र निर्माण गर्दा त्यस्को उत्तरकुञ्जिका पनि निर्माण गर्नुपर्ने निर्देशन अनुसार प्रशिक्षण दिईएको प्रसिक्षक हेमन्त घिमिरेले बताउनुभयो । प्रशिक्षण पश्चात प्रशिक्षार्थी शिक्षक शिक्षिकाहरुले तालीमले निकै सहयोग गर्ने प्रतिक्रिया दिएका थिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.