"2513058968709111" /> वामीमा आगामी पौष १० र ११ गते नेपाल बिद्यार्थी संघको २ दिने प्रशिक्षण कार्यक्रम आयोजना हुने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामीमा आगामी पौष १० र ११ गते नेपाल बिद्यार्थी संघको २ दिने प्रशिक्षण कार्यक्रम आयोजना हुने ।।

प्रशिक्षणले बिद्यार्थीमा राजनितिक चेतना प्रदान गर्ने आयोजकको बिश्वास ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
मँसिर २७ गते ।।
रुद्राबति बहुमुखी क्याम्पस वामीमा रहेको नेपाल बिद्यार्थी संघको ईकाई समितिले आगामी पौष १० र ११ गते बिशेष प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।
 ईकाई समिति गठन गर्ने र त्यसपछि निष्क्रिय रहने प्रबृतिलाई निरुत्साहित गर्दे सदरमुकाम बारिर यस किसिमको कार्यक्रम आयोजना गर्न लागीएको ईकाई समिति संयोजक तथा जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्यले बताउनुभयो । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको आयोजनामा हुने प्रशिक्षणले बिद्यार्थीहरुमा नेतृत्व क्षमताको बृद्धि गर्दे केही मात्रामा भएपनि राजनितिक चेतना बढाउने उद्धेश्यको लागी २ दिने प्रशिक्षण आयोजना गर्न लागीएको प्रशिक्षणका आयोजक समेत रहनुभएका आचार्यको भनाई छ । प्रशिक्षण कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला सभापति सुदर्शन खनाल, सचिब निर्मला पन्थी लगायत जिल्ला समितिबाट पनि बिशेष सहयोगको आशा गर्दे प्रशिक्षकहरुको ब्यबस्थापन गर्न आग्रह गरिएको बताईएको छ । प्रशिक्षकको रुपमा जिल्ला देखी केन्द्र सम्मका बिद्यार्थी नेताहरुको उपस्थिती रहने बताईएको छ । प्रशिक्षण कार्यक्रम के कसरी गर्ने भन्ने बिषयमा छलफल गर्न आजै क्याम्पसमा एक बिशेष अन्तरक्रिर्यात्मक कार्यक्रम समेत समप्न्न गरिएको छ । कार्यक्रममा नेपाल बिद्यार्थी संघका जिल्ला सहसचिब आचार्यले उद्धेश्य, महत्व लगायतको बिषयमा जानकारी गराउनुभएको थियो भने बिद्यार्थीहरुले पनि प्रशिक्षणमा सक्रिय रुपमा सहभागीता जनाउने बताएको क्याम्पसका ईकाई सभापति चन्दा कार्कीको भनाई छ । यस किसिमको प्रशिक्षणले नेपाल बिद्यार्थी संघको क्षेत्रमा वामीलाई केन्द्र सम्म चिनाउन पनि निकै ठुलो भुमिका हुने आयोजकले बताएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.